काठमाडौं- डा गोविन्द केसीको मागहरु पूरा भइसकेको सरकारले जनाएको छ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवं सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले केसीका माग पूरा भइसकेको दाबी गरे। उनले भने, ‘उहाँका अधिकांश माग पूरा भएका छन्।’
संसदको शिक्षा तथा स्वास्थ्य समितिका योगेश भट्टराईको बोलीलाई उद्धृत गर्दै बाँस्कोटाले ९५ प्रतिशत माग पूरा भइसकेको बताए।
'उहाँले उत्सव मनाउनुपर्ने हो। कसले कसले उठाएर हो, उहाँ फेरि अनसन बस्नुभएको छ,' उनले भने, 'असम्बन्धित विषयसँग मात्रै जोडिएर भएन।'
बाँस्कोटाले नेपाल आयल निगममा दिगम्बर झाको राजीनामा स्विकृत भई नयाँलाई जिम्मेवारी दिइसकेको बताए।
अस्ट्रेलियाका लागि राजदूत लक्की शेर्पाको सन्दर्भमा प्रधानमन्त्रीले उनलाई निकास दिन आग्रह गरेको बताए। ‘शेर्पाले सायद केही दिनमै निकास दिनुहुन्छ,’ प्रवक्ता बाँस्कोटाले भने।
शेर्पाको बारेमा छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाइसकेको पनि उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।