दिल्ली– २०१९ को इण्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगिता अन्तत: भारतमै हुने भएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्डले भारतमै आइपिएल हुने पुष्टि गरेको हो।
यसअघि भारतमा हुने आमनिर्वाचनका कारण आइपिएल अन्य देशमा गर्ने बतइएको थियो। यसअघि सुरक्षाका कारण आइपिएलमा दक्षिण अफ्रिका र युएईमा पनि भएका थिए।
भारतीय सर्वोच्च अदालतले भारतमै आइपिएल गर्नका लागि आइपिएलका अधिकारीसँग छलफल गर्न समिति समेत बनाएको छ।
बिसिसिआईले केन्द्रीय र प्रदेश सरकारका अधिकारीसँग छलफल अघि बढिरहेको बताउँदै भातरमै आइपिएल हुने बताएको छ।
आइपिएल आगामी २३ मार्च २०१९ देखि सुरु हुने तय छ। प्रतियोगिताको खेल तालिका भने प्रकासन गर्न बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।