दुबई- एएफसी एसिया कप फुटबल प्रतियोगिमा इराक र साउदी अरेबियाले जित हात पारेका छन्।
समूह 'डी' को खेलमा इराकले भियतनामाथि ३-२ को जित निकालेको हो। खेलमा पहिले अग्रता भने भियतनामले लिएको थियो। २४ मिनेटमा इराकका अली फइजले आफ्नै पोस्टमा गोल गरेपछि भियतनामले अग्रता लियो।
तर ३५ मिनेटमा इरकाका मोहमद अलीले बराबरी गोल फर्काए। पहिलो हाफ सकिन ३ मिनेट बाँकी छदा भियतनामले खेलमा दोस्रो पटक अग्रता लियो। उसका लागि ४२ मिनेटमा नुयान फुयानले गोल गरेका थिए।
खेलकोङ्क ६० मिनेटमा इरकाले फेरि बराबरी गोल गर्न सफल भयो। हुमान फायक टारेकले गोल गरेर खेललाई दोस्रो पटक बराबरीमा ल्याए। खेलको अन्तिम मिनेटमा अलि अदनानमले गोल गरेपछि इरकाले रोमाञ्चक जित हात पार्यो।
यता समूह 'ई' को खेलमा साउदी अरेबियाले उत्तर कोरियालाई ४-० गोलले पराजित गरेको छ। साउदीका लागि हटान बहब्रीले २८, मोहमद अली फटिलले ३७, सालेम डवसरीले ७० र फहद अल मुवालाडले ८७ मिनेटमा गोल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।