काठमाडौं- साँघुरा सडकमा सवारी साधनहरु छिर्दा उकुसमुकुस हुने गरेको पर्यटकीय केन्द्र ठमेलले अब सास फेर्न पाएको छ।
'वाकिङ स्ट्रिट'को अवधारणा अनुसार आइतबारदेखि ठमेलका मुख्य सडकमा सवारी साधन निषेध गरिएको हो । पर्यटकको ओइरो लाग्ने क्षेत्रमा सवारी साधनको प्रवेशले अस्तव्यस्त र धक्कामुक्का हुने गरेको थियो । अबदेखि नरसिं चोक, सातघुम्ती र जेपी स्कुल चोकबाट ठमेल क्षेत्रमा सवारी प्रवेश गराउन पाइने छैन।
पर्यटकीय केन्द्रलाई पर्यटकमैत्री बनाउने उद्देश्यले ठमेल पर्यटन परिषद् र ट्राफिक प्रहरीको प्रयासमा 'वाकिङ स्ट्रिट' बनाइएको हो । एम्बुलेन्स, सुरक्षाकर्मीको गाडी लगायत अत्यावश्यकीय सवारी साधनले भने प्रवेश पाउनेछ । ठमेल क्षेत्रका होटलहरुका लागि पर्यटक ओसार्ने सवारीसाधनलाई पासको व्यवस्था गरिएको छ।
सवारी साधन निषेध गर्दा पार्किङको समस्या देखिएकाले यो समस्या समाधानका लागि परिषद्ले ठमेल क्षेत्रमा खाली जग्गाको खोजी गरिरहेको छ।
हेर्नुहोस् भिडियो:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।