काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्रीले आज बिहीबार प्रधानमन्त्री बालेन्द्र शाह बालेनसँग शिष्टाचार भेट गर्ने तय भएको छ ।
बालेनको भारत भ्रमणको चाँजोपाँजो मिलाउन आएका उनी आजै अपराह्न स्वदेश फर्किनेछन् ।
हिजो बिहान काठमाडौं आएलगत्तैदेखि उनी भेटघाटमा व्यस्त भएका थिए । अर्थमन्त्री डा।।स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल परराष्ट्र सचिव अमृतबहादुर राईसँग अलग–अलग भेट गरिसकेका छन् ।
नेपाल–भारत दुवै देशका अधिकारीले मंसिर दोस्रो साता बालेनको भ्रमण हुने गरी तयारी गरिरहेको परराष्ट् मन्त्रालय स्रोतले जनाएको छ । त्यसकै तयारी अनुसार नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला पनि मंगलबार काठमाडौं आएका थिए ।
बालेनको भारत भ्रमणको औपचारिक मिति ‘छिट्टै’ सार्वजनिक गर्ने तयारीमा छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।