नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहित कतिपय मुद्राको मूल्य घटेको छ। तर, युरो, पाउन्डसहित केही मुद्रा भने महँगिएका राष्ट्र बैंकले जनाएको छ।
हिजो पनि अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारको मूल्य घट्दा युरो, पाउन्डसहित केही मुद्रा भने महँगिएका थिए।
आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ १३ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७३ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ५५ पैसा र बिक्रीदर १५२ रुपैयाँ १५ पैसा थियो।
गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।
त्यसैगरी आज युरो १ को खरिददर १७० रुपैयाँ १६ पैसा र बिक्रीदर १७० रुपैयाँ ८४ पैसा छ। हिजो युरो १ को खरिददर १७० रुपैयाँ ०१ पैसा र बिक्रीदर १७० रुपैयाँ ६८पैसा थियो।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०३ रुपैयाँ ९० पैसा र बिक्रीदर २०४ रुपैयाँ ७१ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०३ रुपैयाँ ४१ पैसा र बिक्रीदर २०४ रुपैयाँ २२ पैसा थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।