किन्शासा– सरकारविरुद्ध प्रर्दशन बढ्दै गएपछि कङ्गोको सरकारले यही डिसेम्बर ३० मै निर्वाचन गराउने भएको छ।
निर्वाचन पछाडि सार्ने निर्णयलाई सच्याउँदै सरकारले डिसेम्बर ३० मै निर्वाचन गर्ने निश्चित भएको राष्ट्रपति जोसेफ काबिलाले पुष्टी गरे।
कङ्गोमा राष्ट्रपतीय निर्वाचनको मिति घोषणा गरे पनि सुनिश्चत नभएपछि विवाद चर्किँदै गएर विपक्षीहरू आन्दोलनमा उत्रिएका छन्।
राष्ट्रपति काबिलाले निर्धारित समयमै निर्वाचन हुनेमा आफू विश्वस्त रहेको बताएकाे अल जजिरा च्यानलले जनाएको छ।
राष्ट्रपति काबिला विगत १७ वर्षदेखि राष्ट्रपतिको रूपमा रहेका छन्। उनले निश्पक्ष, स्वतन्त्र निर्वाचन गराउनेमा विपक्षीहरूले आशङ्का व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।