काठमाडौं– दशैं तथा तिहारका लागि असोज २३ गतेबाट अग्रिम टिकट बुकिङ खुलाउने निर्णय भएको छ ।
यातायात विभागमा यातायात व्यवसायी र सरोकारवालाको संयुक्त बैठकले उक्त निर्णय गरेको हो।
अग्रीम टिकट बुकिङ खुला भएसँगै चाडपर्वको अवधिभर देशभरका सवारी साधनका लागि रुट परमिट आवश्यक नपर्ने व्यवस्था गरिएको छ। दशैँ नजिकिँदै गर्दा अग्रीम टिकट बुकिङ नखुलेका कारण अन्योलमा रहेका यात्रुलाई यसले राहत दिएको छ ।
चाडपर्वका बेला काठमाडौं उपत्यकाभित्र र बाहिरिने सडकमा ट्राफिक जाम कम गर्न अति आवश्यक ढुवानीका साधनबाहेक अन्य ठूला सवारीसाधनलाई काठमाडौं आवतजावतमा रोक लगाउने निर्णय गरिएको छ ।
खाद्यान्न, औषधि, इन्धन र दूध जस्ता अत्यावश्यक सामग्री बोकेका गाडीहरूलाई भने यो रोक लागू हुने छैन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।