काठमाडौं– नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेलले उम्मेदवार दिएका छन् ।
मंगलबार दिउँसो उनले पुन: महामन्त्रीमा दोहोरिने आकांक्षासहित उम्मेदवारी दर्ता गरेका हुन् ।
उनी पुसमा सम्पन्न विशेष महाधिवेशनबाट पहिलो पटक महामन्त्री पदमा चुनिएका थिए ।
यसअघि १४ औं महाधिवेशनमा शेरबहादुर देउवाको प्यानलबाट महामन्त्रीमा लडेका पौडेल पराजित भएका थिए ।
यसअघि खुला तर्फको महामन्त्री पदमै नैनसिंह महर, सुनिल शर्मा र शंकर तिवारीले पनि उम्मेदवारी दर्ता गरिसकेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।