काठमाडौं– सुरक्षासम्बन्धी संवेदनशील सूचना चुहाएको तथा पदीय आचरण विपरीत काम गरेको आरोपमा निलम्बित सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालमाथि छानबिन गर्न अर्का एआईजी अन्जनीकुमार पोखरेललाई जिम्मेवारी दिइएको छ।
गृह मन्त्रालयले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको मानव स्रोत विभागमा कार्यरत एआईजी पोखरेललाई जाँचबुझ अधिकृत तोकेको हो। दाहालमाथि लागेको आरोपबारे जाँचबुझ गरी तीन दिनभित्र मन्त्रालयमा प्रतिवेदन पेस गर्ने कार्यादेश पोखरेललाई दिइएको छ।
गृह मन्त्रालयले सशस्त्र प्रहरी नियमावलीको व्यवस्था अनुसार जाँचबुझ अघि बढाउन जिम्मेवारी दिएको हो। जाँचबुझ प्रतिवेदन प्राप्त भएपछि त्यसकै आधारमा दाहालमाथिको थप कारबाही प्रक्रिया अघि बढ्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।