ढाका- बङ्गलादेशमा आइतबार हुन लागेको आमनिर्वाचनप्रति संयुक्त राष्ट्रसङ्घले चासो व्यक्त गरेको छ। निर्वाचनको हाल जारी अभियानका क्रममा भएका आन्दोलन तथा हिंसात्मक क्रियाकलापका कारण निर्वाचनको दिनमा पनि हिंसा बढ्न सक्ने आशंका गरिएको छ।
आइतबार हुन लागेको सो आमनिर्वाचनको विषयलाई लिएर आन्दोलन चर्किएको छ। सो आन्दोलनका कारण एक सय भन्दा बढी मानवअधिकारवादी पक्राउ परेका छन्।
विपक्षीलाई प्रहरीले आक्रमण गरेको आरोप उनीहरूको छ। सरकारले सयौँ विपक्षीहरूलाई जेल हालेको भन्दै केही दिनयता आन्दोलन जारी राखेका छन्।
प्रधानमन्त्री शेख हसिनाले आतइबार हुने निर्वाचनमा आफ्नो चोथौ कार्यकालको लागि आफ्नो दलको तर्फबाट चुनावी प्रचार गरेकी छन्।
बङ्गलादेशका प्रमुख विपक्षी नेत्री खालिदा जिया जेलमा छिन्। उनले विर्वाचन स्वतन्त्र र निष्पक्ष नहुने बताएकी छन्।
बङ्गलादेशको लागि अमेरिकी राजदूत एरल मिलरले चुनावी अभियानका क्रममा हुने हिंसामा विपक्षी पार्टीप्रति नै हिंसा लक्षित हुनसक्ने बताए।
गएको दुई हप्तादेखि बङ्गलादेशमा जारी हिंसाबाट विपक्षीहरूलाई तारो बनाइएको पाइएको छ। सोही कारण नै अमेरिकाले यो चासो व्यक्त गरेको समाचारमा जनाइएको छ।
आक्रमणहरूमा प्रायः विपक्षी पार्टीका सदस्यहरू नै पीडित भएका समाचारहरू आइरहेका छन्।
अमेरिका र संयुक्त राष्ट्रसङ्घले बङ्गलादेशका प्रत्येक व्यक्तिलाई धाकधम्की या हिंसारहित एवम् स्वतन्त्र रुपमा मतदान गर्न आग्रह पनि आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।