जललाबाद– अफगानिस्तानका इस्लामिक स्टेट (आइएस) लडाकूका प्रवक्ता सुल्तान अजिज अजाम मारिएका छन्।
अफगानिस्तानको पूर्वी नानगाहार प्रान्तमा सरकारी सुरक्षाकर्मीले गरेको हवाई आक्रमणमा परी अजाम मारिएको सेनाद्वारा बिहीबार जारी वक्तव्यमा उल्लेख छ।
‘गुप्तचर निकायबाट प्राप्त समाचारमा आक्रमणमा परी आइएस लडाकूका प्रवक्ता सुल्तान अजिज अजाम मारिएका छन्,’ विज्ञप्तिमा उल्लेख छ।
सैनाले पाचिरागम जिल्लामा बुधबार लुकिराखेको बेला अजिजलाई आक्रमण गरेको थियो।
कट्टरपन्थी स्लामिक स्टेट (आइएस)ले भने यस बारेमा अहिलेसम्म कुनै प्रतिक्रिया नजनाएको समाचारमा उल्लेख गरिएको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।