काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आज तेस्रो दिन बन्द सत्र जारी रहेको छ ।
हिजोदेखि सुरु भएको बन्द सत्रमा सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरुराज घिमिरे र कोषाध्यक्ष उमेश श्रेष्ठको प्रतिवेदन पारित हुन बाँकी छ ।
हिजो महामन्त्री प्रदीप पौडेलको संशोधित विधान पारित भएको थियो । सोअनुसार निर्वाचन प्रक्रिया अगाडि बढेको छ । निर्वाचनको लागि उम्मेदवारी दर्ता कार्यक्रम राष्ट्रिय सभा गृहमा चलिरहँदा खुलामञ्चमा बन्द सत्र भइरहेको हो ।
आकर्षण निर्वाचनतर्फ भइरहँदा खुलामञ्चमा चहलपहल कम छ । महाधिवेशन व्यवस्थापन समितिका संयोजक सुरेशराज आचार्यले बन्द सुरु गरिएको जानकार दिए । उनले तीन ओटा हलमा आ-आफ्नो क्लस्टरका महाधिवेशन प्रतिनिधिबीच प्रतिवेदन पेस भएकामा आज सुरुआतमा छुट्टाछुट्टै सुरु भए पनि महाधिवेशन प्रतिनिधि कम उपस्थित भएमा एउटै हलमा समेटेर छलफल चलाइ पारित गर्ने योजना बनाइएको छ ।
संयोजक आचार्यले भने, 'सभापति गगन थापाले पेस गरेको प्रतिवेदन, उपसभापति विश्वप्रकाश शर्मा,महामन्त्री गुरुराज घिमिरे, कोषाध्यक्ष उमेश श्रेष्ठको प्रतिवेदनमाथि छलफल हुन्छ । त्यसपछि पारित हुन्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।