ढाका– चर्को विवाद, तनाब र हिंसाका बीच बङ्गलादेशमा हुन लागेको निर्वाचनका लागि प्रचार प्रसार अभियान बन्द भएको छ।
शुक्रबारदेखि मौनअवधि सुरु भएकाले बिहीबार अन्तिम प्रचारप्रसारका कार्यक्रम भएको निर्वाचन अधिकारीहरुले जानकारी दिएका छन्।
आइतबार हुने निर्वाचनका लागि दुवै पक्षले एक अर्कालाई आरोपित गर्दै आएका छन् भने आफ्नो पक्ष राम्रो भएको प्रचार गरेका छन्।
निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाले आफ्नो जित सुनिश्चत भएको दाबी गर्दै आएका छन् भने विपक्षीहरूले निश्पक्ष र स्वतन्त्र निर्वाचन हुनेमा आशङ्का गरिरहेका छन्।
प्रधानमन्त्री हसिनाले विपक्षीहरूले आफूविरुद्ध बम आक्रमण गराएको आरोप लगाए। उनलाई विपक्षी दलले राज्य आतङ्क मच्चाएको दाबी गरेको छ।
विपक्षी दलकी प्रमुख खालिदा जिया हाल ढाकास्थित जेलमा छन्। ७३ वर्षीया जिया पूर्वसैनिक तानाशाहकी विधवा हुन् भने प्रधानमन्त्री हसिनाका बुबा बंगलादेशका संस्थापक नेता हुन्।
यी दुवै महिला नेतृ सन् १९८० को दशकदेखि नै विरासतका आधारमा राजनीतिकरुपमा सक्रिय छन्। यो चुनावमा विजयी भए शेख हसिनाले बंगलादेशमा सबैभन्दा लामो अवधिसम्म सत्तासिन हुने रेकर्ड बनाउने छन्।
यसअघि दुवै महिला नेतृले जनआन्दोलनको आडमा सन् १९९० मा सैनिक तानाशाह हुसेन मोहम्मद एर्सादलाई सत्ताच्यूत गरी लोकतन्त्र पुनर्स्थापना गरेका थिए।
तर, सन् १९९१ मा प्रधानमन्त्रीमा जिया निर्वाचित भएपछि यी दुई महिला नेतृबीच चरम कटुता उत्पन्न भयो।
त्यसपछिका चुनावबाट यी दुई लगभग आलोपालो प्रधानमन्त्री भइरहेका छन् र प्रतिशोधको राजनीति चरम बिन्दुमा पुगेको छ।
उनको दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)ले उक्त आरोप 'राजनीतिक प्रेरित' रहेको भन्दै आलोचना गरिरहेको छ।
निर्वाचनको पुर्वसन्ध्यामा पार्टीसम्वद्ध हजारौं कार्यकर्तालाई पक्राउ गरिएको बिएनपीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।