• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

मनाङलाई च्याम्पियन बनाएका प्रशिक्षक भन्छन्– दुई खेलअघि नै उपाधि जित्ने लक्ष्य थिएन

64x64
नेपाल लाइभ बिहीबार, पुस १२, २०७५  १९:५१
1140x725

काठमाडौं–  मनाङ मस्याङ्दी क्लबको प्रशिक्षण सम्हाल्दा सुमन श्रेष्ठबारे कमैलाई थाहा थियो। 'ए' लाइसेन्स प्राप्त प्रशिक्षक सुमन सहिद स्मारक 'ए' डिभिजन लिगको सुरुवाती खेलमा गुमनाम जस्तै थिए। मनाङले लगातार जित निकालेपछि भने उनी सबैको नजरमा पर्न सफल भए। सन् २००४ देखि प्रशिक्षक भएर काम गरे पनि उनका लागि लिग नौलो प्रतियोगिता थियो।

पहिलो पटक 'ए' डिभिजन क्लबको प्रशिक्षक बनेका सुमनले बिहीबार मनाङलाई २ खेल अघि च्याम्पियन बनाए। लिग जितेपछि उनले क्लबको लक्ष्य पूरा भएको प्रतिक्रिया दिएका छन्। उनले मनाङका अर्का प्रशिक्षक फुजा तोपेलाई पनि उपाधि जिताउन भूमिका निर्वाह गरेको भन्दै श्रेय दिएका छन्। 

मनाङले बिहीबार लिगको निर्णायक मानिएको संकटाविरुद्धको खेल ३–१ ले जित्दै उपाधि जितेको हो। आठौं पटक लिग जित्ने क्रममा मनाङ २ खेल अघि नै लिग च्याम्पियन बन्यो। शीर्ष स्थानको मनाङले लगातार ११ खेलमा जित निकाल्दै ३३ अंक जोडेको छ। दोस्रो स्थानको संकटाको २५ अंक मात्र छ। अब बाँकी रहेका दुवै खेल हारे पनि मनाङलाई फरक पर्ने छैन।  

खेलपछि सुमनले लिगको अनुभव साटेका छन्। उनको अनुभव जस्ताको तस्तै : 

आज हामीले लक्ष्य पूरा गर्न सफल भयौं।

सुरु सुरुमा हामीले जुन तरिकाले खेल्यौ, जस्तो नतिजा निकाल्नु पर्ने हो, सकेनौ। दुर्भाग्य भन्नु पर्छ सुजल श्रेष्ठ लगायतका खेलाडी घाइते भए। तर पनि हामीसँग भएका खेलाडीले शतप्रतिशत खेले। मुख्य खेलाडी घाइते नभएको भए राम्रो नतिजा निकाल्न सक्थ्यौ किन भन्ने लाग्छ। भाग्य नै भन्नु पर्छ हाम्रा समर्थक र हाम्रो मिहिनेतले विजेता बन्न सफल भयौं।

संकटाविरुद्धको खेल हाम्रो लागि राम्रो भयो। तर पहिला नै हामीले यो भन्दा राम्रो खेल्नु पर्थ्यो। हामीले अंक तालिकामा पुछारमा रहेका टिमसँग पनि १–० को मात्र नतिजा निकाल्न सक्यौं। त्यो बेलामा जुन तरिकाले रिक्स लिन पर्थ्यो त्यो सकेनौं। राम्रा खेलाडीको घाइते हुँदा हामीले फर्मेसन मिलाउन समय लाग्यो।

Ncell 2
Ncell 2
nimb
nimb

लिग भन्दा अगाडि राम्रो तयारी पनि गर्न पाएका थिएनौं। हामी सिधैं सिक्किमको गभर्नस कप खेल्न गयौं। सिक्किममा च्याम्पियन बनेपछि हाम्रो टिम वर्क राम्रो बन्दै गयो। हामीले सिक्किममा राम्रो गर्न सक्यौ भने यहाँ पनि राम्रो गर्न सक्छौ भन्ने लाग्यो। सबै खेलाडीलाई सिक्किमको सकारात्मक नजिताले प्रभाव पारेको थियो। खेलाडीहरुको आत्मविश्वास बढ्दा अहिले हामी यहाँसम्म आउन सक्यौं।

संकटाविरुद्धको निर्णायक खेलमा हामी सुरुवातमा दबाबमा पर्यौं। संकटाविरुद्ध खेललाई फाइलनको रुपमा लिएका थियौं। साथै लिगको सबै खेल जित्ने रेकर्डका लागि पनि यो खेल महत्वपूर्ण थियो। पहिलो लक्ष्य उपाधि र त्यसपछि रेकर्डको लागि खेल्ने भन्ने थियो। तर पनि हामी पहिलो हाफमा दबाबमा पर्यौं। उनीहरुले एकदम राम्रो खेले। सुरुवातमा फिनिसिङ हुन सकेन। पोलमा ठोक्कियो र राम्रो प्रहारमा पनि गोलकिपर बाधक बने। जसले गर्दा हामीलाई दबाब भयो। तर पनि हामीले धेरै अवसर पाएकाले गोल हुन्छ भन्ने पक्का थियो। सोचे अनुसारको पहिलो हाफ भएन तर दोस्रो हाफमा समयमै गोल भयो जसले गर्दा हामीले खेल जित्यौं।

यो पनि : संकटालाई हराउँदै मनाङ बन्यो आठौं पटक लिग च्याम्पियन

खेल खेल्दा सबै टिमसँग डर हुन्छ। जबसम्म अन्तिम सिठ्ठी बज्दैन डर भइरहन्छ। संकटा खेल र भाग्य दुवै भएको टिम हो। उसको खेल एकदमै राम्रो छ। सँगसँगै उनीहरु भाग्य पनि। आर्मीसँग ५ गोल खाएको संकटाले पुलिसविरुद्ध उत्कृष्ट खेल्यो। च्यासल जस्तो राम्रो टिमसँग जित निकाल्दा संकटा यहाँ आइपुगेको हो। ५०-५० टिमलाई दबाबमा राख्न सक्नु संकटाको राम्रो पक्ष हो। त्यसैले गर्दा संकटासँग डर थियो। तर पनि हामीले अग्रता लिएपछि जित्ने आत्मविश्वास थियो।

Xtrem

Xtrem

हाम्रो लक्ष्य राम्रो खेलेर लिग जित्ने थियो। तर ११औं चरणमा लिग जित्छौं जस्तो लागेको थिएन। च्याम्पियन हुन्छौं भन्ने थियो। २ खेल अघि नै लिग जित्छौं भन्ने हाम्रो योजना थिएन।

पहिलो पटक ए डिभिजन लिगको प्रशिक्षक बन्दा सोचेको भन्दा बढी दबाब महसुस गरे। धेरै सिके। जति धेरै अनुभव भयो त्यति राम्रो हुन्छ। मेरो हकमा यो लागु भएको छ। पहिलो पटक अनुभव बटुले। पहिलो पटक नै च्याम्पियन बन्न सफल भए। यसअघि सिक्किममा खेल्दा पनि म पहिलो पटक प्रमुख प्रशिक्षक थिए। जहाँ मैले उपाधि जित्न सफल भए। मैले जति पनि खेलाए, सबै खेल जितेको छु।  लिगमा ११ र सिक्किममा ३ गरी लगातार १४ खेलमा लगातार जित निस्केको छ।

खेलाडीसँग पनि मेरो मैत्रीपूर्ण सम्बन्ध छ। जस्तै सुजल श्रेष्ठलाई मैले यू–१४ मा प्रशिक्षण गराएको थिए। त्यसैले गर्दा मलाई काम गर्न सजिलो भयो। हामीले जुन मिहिनेत गर्यौ त्यसलाई खेलाडीले ग्रहण गरे। उनीहरुले हाम्रो रणनीतिअनुसार खेले। 

टिममा रहेका अर्का प्रशिक्षक तोपे फुजा हुँदा मलाई धेरै सजिलो भयो। दुवै जनाको ५०–५० प्रतिशत योगदान छ। प्रशिक्षकको सबै श्रेय लिन चाहान्न। हामी दुवै जनाले सेयर गरेर काम गरेका छौं। हरेक कुरामा हामीले सहकार्य गर्यौं। खेलाडी परिवर्तनदेखि प्रशिक्षणको तालिका बनाउने कुरामा हामी मिलेर योजना बनाउथ्यौं। १–१ जना खेलाडीको सकारात्मक पक्ष र सुधार गर्नु पक्षबारे सेयर गरेर काम गरेका थियौं।

यो पनि : आठौं पटक लिग च्याम्पियन बनेको मनाङको खुसी १२ तस्बिरमा

खेलमा भाग्य पनि हुन्छ जस्तो लाग्छ। आजकै कुरा गर्नु हुन्छ भने हामीले हानेको प्रहार पोलमा लाग्दा मेरो मनमा चस्स परेको थियो। हानेको हानेको छौं तर सफल नहुँदा बराबरी पो हुन्छ भन्ने महसुस पनि भयो। तर पछि दबाबमा राखेपछि सफल त हुन्छौं भन्ने लाग्यो।

टिममा विदेशी खेलाडी हुनु फाइदाको कुरा हो। उनीहरुले उपाधि जिताउन धेरै योगदान दिएका छन्। टिमले नगरी त उपाधि जितिदैन। तर पनि उनीहरुको योगदान महत्वपूर्ण छ। मनाङमा भएका खेलाडी सबै राम्रा छन्। राष्ट्रिय खेलाडी नै ६ जना छन्। कतिपय खेलमा विदेशी खेलाडी नहुँदा पनि राम्रो गर्न सक्यौं। 

२००४ मा एन्फाबाट प्रशिक्षकको रुपमा काम थालेको हुँ। सुरुवातमा मैले धनकुटा जिल्लाबाट प्रशिक्षकको काम थाले। त्यसपछि पिएलए टिममा मुख्य प्रशिक्षक भए। अनि आर्मीको क्षेत्रीय टिम पनि सम्हाले। आफू खेल्दा पनि ब्वाइज युनियन र जावलाखेल क्लबमा पनि प्रशिक्षण गराउथे।  ए लाइसेन्स लिएपछि भने पहिलो पटक ए डिभिजन क्लबको प्रशिक्षक भएको हुँ।

अन्त्यमा मनाङका सबै समर्थकहरुलाई धन्यवाद दिन चाहान्छु। ७ सय किलोमिटरको यात्रा गरेर उहाँहरु आउनुहुन्छ। नेपालको ठाँउ ठाउँमा रहेका र विदेशमा रहेका फ्यानलाई १२ औं खेलाडीको रुपमा समर्थन गर्नु भएकोमा धन्यवाद दिन चाहान्छु। मनाङ र नेपाली फुटबलाई माया गरिराख्नुस् भन्न चाहान्छु।


 

प्रकाशित मिति: बिहीबार, पुस १२, २०७५  १९:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दसैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सक्ने निर्णय
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई
मोरङमा धानबारीबाट २१० किलो गाँजा बरामद
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
दसैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सक्ने निर्णय मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
मोरङमा धानबारीबाट २१० किलो गाँजा बरामद मंगलबार, असोज २०, २०८३
कांग्रेसको बन्द सत्र जारीः सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै मंगलबार, असोज २०, २०८३
डा. मिनेन्द्र रिजालद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्