काठमाडौं- मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि आठौं पटक जितेको छ। राजधानीमा जारी लिगको २ खेल बाँकी छदै मनाङ च्याम्पियन बनेको हो।
लिगको निर्णायक मानिएको खेलमा शीर्ष स्थानको मनाङले दोस्रो स्थानको संकटा क्लबलाई ३-१ गोलले हराउँदै उपाधि जितेको हो।
मनाङले खेलेका सबै ११ खेल जित्दै ३३ अंक जोडेको छ। दोस्रो स्थानको संकटाको २५ अंक छ। अब बाँकी रहेका दुवै खेल हारेपनि मनाङ च्याम्पियन बन्नेछ।
मनाङले २०४३, २०४४ र २०४६ गरी लगातार तीन पटक उपाधि जितेको थियो। यस्तै मनाङले २०५७ र २०६० मा पनि लिगको उपाधि उचालेको थियो। २०६२ मा लिगको उपाधि जित्दै मनाङले सर्वाधिक लिग जित्ने रानीपोखरी कर्नर टिमको रेकर्डसँग बराबरी गरेको थियो। पछिल्लो पटक २०७० सालमा लिग च्याम्पियन बनेसँगै मनाङ सर्वाधिक लिग जित्ने क्लब बनेको थियो।
यो पनि : संकटालाई हराउँदै मनाङ बन्यो आठौं पटक लिग च्याम्पियन
सिजनको लिगमा मनाङ अर्को रेकर्ड बनाउने लक्ष्यमा छ। लिगमा लगातार ११ खेलमा जित हात पारेको मनाङ बाँकी रहेका २ खेलमा पनि जित निकाल्दै शतप्रतिशत नतिजासहित उपाधि जित्न चहान्छ। अहिलेसम्म उपाधि जितेका कुनै पनि टिमले सबै खेल जितेर च्याम्पियन बनेको इतिहास छैन।
तस्बिर हेर्नुस् लिग जितेपछि मनाङको खुसीयाली











नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।