काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले मालदिभ्सको राष्ट्रपतिको कार्यभार इब्राहिम मोहम्मद सोलीले सम्हालेकोमा हार्दिक बधाइ ज्ञापन गरेकी छिन्।
_x000D_
_x000D_
मालदिभ्सका समकक्षी सोलीलाई आज एक बधाइ सन्देश पठाउँदै राष्ट्रपति भण्डारीले उनको कार्यकालको सफलताको कामना गरेकी हुन्।
_x000D_
_x000D_
सन्देशमा राष्ट्रपति भण्डारीले पारस्परिक हितका लागि नेपाल-मालदिभ्सबीचको सम्बन्ध दुईपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा सघन एवं सुदृढ बनाउने प्रशस्त सम्भावना रहेका उल्लेख छ।
_x000D_
_x000D_
राष्ट्रपतिले दुवै देश र जनताबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन आगामी दिनमा मालदिभ्सका राष्ट्रपतिसँग निकट रहेर काम गर्न आफू इच्छुक रहेको समेत उल्लेख गरेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।