काठमाडाैं– सरकारले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई सिपका आधारमा नेपालमा व्यवसाय गर्न कर्जा दिने प्रक्रिया सुरु गरेको छ।
_x000D_
_x000D_
आर्थिक वर्ष २०७५/७६ को बजेटमा सरकारले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई विदेशमा सिकेको सिपका आधारमा १० लाख रुपैयाँ ऋण उपलब्ध गराउने प्रक्रिया सुरु भएकाे नेपाल राष्ट्र बैंकले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ।
_x000D_
_x000D_
सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ कार्यान्वयनमा आएपछि प्रक्रिया सुरु गरिएको बैंकले जनाएको छ।
_x000D_
_x000D_
नेपाल राष्ट्र बैंकले नजिकैको शाखाबाट सुविधा लिन कर्जा लिने व्यक्तिलाई अपिल गरेको छ। यस्तै सेवा उपलब्ध गराउन पनि बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले आग्रह गरेको छ।
_x000D_
_x000D_
कार्यविधिमा विदेशबाट सिप लिएर फर्केका युवाहरुलाई उनीहरुसँग भएको सीपसँग सम्बन्धित व्यवसाय सञ्चालन गर्न परियोजना धितो लिएर सम्बन्धित बैंक तथा वित्तीय संस्थाले वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना अन्तर्गत कर्जा उपलब्ध गराउने जनाइएको छ।
_x000D_
_x000D_
श्रम स्वीकृति प्राप्त गरी वा नगरी कुनै पनि देशमा कम्तीमा ६ महिना सम्बन्धित तालिम वा पेसा वा व्यवसाय वा क्षेत्रमा काम गरी स्वदेश फर्केको व्यक्तिले यस्तो कर्जा पाउने व्यवस्था गरिएको छ।
_x000D_
_x000D_
बैंकको कार्यविधिमा कर्जा लिन राहदानी, भिसाको प्रतिलिपि तथा श्रम स्वीकृति प्राप्त भएको देशबाट फर्केकाको हकमा करार अवधिको प्रतिलिपि, आफू ६ महिना कुनै देशमा सम्बन्धित तालिम, पेसा व्यवसाय, क्षेत्रमा काम गरेको कागजात र कुनै पनि देशको स्थायी बसोबास स्वीकृति नभएको हुनुपर्ने कार्यविधिमा व्यवस्था गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।