• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, साउन ३०, २०८३ Sat, Aug 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

रक्सी खाएका युवकसँगको सवाल–जवाफकै भरमा जब प्रहरी अपराधीसम्म पुग्यो

64x64
नेपाल लाइभ सोमबार, कात्तिक ५, २०७५  १५:०६
1140x725

काठमाडौं– दसैंको टिकाको भोलिपल्ट, शनिबार दिउँसो साढे १ बजे। स्थान–सुनसरीको भान्टाबारी। भान्टाबारी प्रहरी चौकीका प्रमुख सई अवधलाल साहले सप्तरीबाट सुनसरी आउँदै गरेको रक्सीले लठ्ठिएको एक युवकलाई चेकजाँच गर्दा ३ वटा भारतीय सीमकार्ड फेला पार्छन्।

_x000D_ _x000D_

तीन/तीन वटा भारतीय सीमकार्ड फेला पारेपछि शंकालु हुँदै सई साहले सोध्छन् – ‘घर कहाँ हो?’

_x000D_ _x000D_

रातो सर्ट, हरियो, कालो र सेतो रंग मिसिएको भेस्ट लगाएका, दाहिने हातको नाडीमा रंगीचंगी डोरा बाँधेका, पैदल हिँडिरहेका कालो वर्णका युवकले जवाफ फर्काउँछन् – ‘धनुषा’।

_x000D_ _x000D_

सई साहले लगत्तै अर्को प्रश्न तेर्स्याउँछन् – ‘धनुषा कुन ठाउँ?’।

_x000D_ _x000D_

युकले जवाफ फर्काउँछन् – ‘सितापुर।’

_x000D_ _x000D_

धुनषामा सितापुर छैन। सितापुर त महोत्तरीमा छ। सई साह महोत्तरीकै सितापुर प्रहरी चौकीको इन्चार्ज भएर भान्टाबारी सरुवा भएको दुई महिना मात्रै भएको थियो। ठाउँको बारेमा समेत जानकार सई साहलाई ती युवकले ढाट्न खोजेको भेउ पाइसकेका थिए। त्यसपछिको युवकको हाउभाउ सई साहलाई झनै शंकास्पद लाग्छ र थप प्रश्न गर्न थाल्छन्।

_x000D_ _x000D_

रक्सीले मातेका युवकलाई अर्को यक्ष प्रश्न गरिन्छ – ‘सितापुर कुन ठाउँ हो घर?’

_x000D_ _x000D_

‘स्कुल पछाडि’, काँपेको स्वरमा ती युवकले जवाफ फर्काए।

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

‘नाम के हो?’

_x000D_ _x000D_

‘प्रमोद साह’

_x000D_ _x000D_

‘बुवाको नाम के हो?

_x000D_ _x000D_

‘पलोद साह’

_x000D_ _x000D_

महोत्तरीमै साढे ९ महिना काम गरेका सई साह ८ महिने बालिका बलात्कार हत्याको बारेमा जानकार थिए। उनी सनुसरी सरुवा भएको एक सातापछि मात्रै बालिकाको बलात्कारपछि हत्या भएको थियो। ‘एकपछि अर्को कुरा ढाँट्न थालेपछि मलाई झनै शंका लाग्यो’, सई साहले नेपाल लाइभसँग कुरा गर्दै भने, ‘बालिका चोरी गरी हत्या गर्नेको सिसिटिभीमा देखिएको हुलिया पनि केही मिलेजस्तो लाग्यो। झन् प्रश्न गर्न थालेँ।’

_x000D_ _x000D_

_x000D_ _x000D_

बालिका चोरी गरेर लैजाँदै गर्दा सिसिटिभीमा देखिएको दृश्य

_x000D_ _x000D_
_x000D_

‘तेरो वडाको मुखिया (वडाध्यक्ष)को नाम के हो?’

_x000D_ _x000D_

‘चौठी महतो’

_x000D_ _x000D_

चौठी महतो भंगवा गाउँपालिका–६ हात्तिसर्वाको भन्नेसमेत जानकारी भएका सईलाई ती युवकले झनै ढाट्न खोजे। चौठी महतो भंगवा गाउँपालिका–६ का वडाध्यक्ष हुन्।

_x000D_ _x000D_

महोत्तरी बस्दा नै राम्रो सम्बन्ध बनाएका चौठीलाई सई साहले ती युवकको फोटो खिचिरे ‘म्यासेन्जर’मा पठाउँदै लेखे, ‘मुखियाजी हेर्नुस् त, महोत्तरीकी ८ महिने बालिका चोरी गरेर हत्या गर्ने मान्छे यो हो कि होइन?’

_x000D_ _x000D_

केहीबेरमै जवाफ आउँछ– ‘हो, यही मान्छे हो।’

_x000D_ _x000D_

मुखियाको कुराले मात्रै उनी पूर्ण विश्वस्त हुन सक्दैनन्। त्यसपछि उनले जिल्ला प्रहरी कार्यालय महोत्तरीको मुद्दा शाखामा पनि फोटो पठाउँछन्। मुद्दा शाखाले पनि फोटो ‘भेरिफाइ’ गर्छ। अन्ततः पुष्टि हुन्छ कि रक्सीले मातेर लट्ठ भएका व्यक्ति अरु कोही नभई महोत्तरीमा ८ महिने बालिका चोरी गरी हत्या गर्ने महोत्तरीकै हात्तिसर्वा गाविसका २५ वर्षीय भरत साह हुन्। 

_x000D_ _x000D_

उनले महोत्तरीको औरही नगरपालिका–१ का सन्तोष चौधरीकी ८ महिने छोरी सोनालीको भदौ ११ गते जनै पूर्णिमा दिन चोरी गरी बलात्कार गरेर हत्या गरेका थिए।

_x000D_ _x000D_

कसरी भएको थियो हत्या?

_x000D_ _x000D_

सितापुर पसलबाट बच्चा चोरेर भरत सुरुमा घर लान खाजेको तर पछि घर नलगी बलात्कार गरेर हत्या गरेको प्रहरी समक्ष बयान दिएको महोत्तरी एसपी यश्वर कार्कीले जानकारी दिए। बच्चालाई जंगलतिर लगेर बिस्कुट खान दिएको तर बच्चाले बिस्कुट नखाएपछि आफैंले खाएर बलात्कार गरी हत्या गरेको साहले बताएका छन्।

_x000D_ _x000D_

बच्चा हराएको थाहा पाएपछि प्रहरी र स्थानीयबासीले आफ्नो खोजी गरेपछि आफू धानबारी नै धानबारी भागेर भारतको सितामणी पुगेको उनले बताएका छन्।

_x000D_ _x000D_

‘प्रहरीको मोटररसाइकलको आवाज आयो। गाउँले पनि कराउन थाले। त्यसपछि डर लागेर सकडमा नकिस्की धानबारीबाटै सलार्ही हुँदै भारत पसें’, आरोपित साहलाई उद्दृद गर्दै एसपी कार्कीले भने।

_x000D_ _x000D_

भारतमा कवाडी र ज्यामीको काम, प्रतिक्षालयको सुताइ

_x000D_ _x000D_

बयानका क्रममा सितामणीमा साहले २० दिन बिताएको बताएका छन्। त्यहाँ उनले ज्यामी काम गर्ने गर्थे। कहीलेकाहीं सिसी बोतल जम्मा पारेर बेच्ने कवाडीको कामसमेत गरेको बताएका छन्। त्यही दिनभरको कमाइले उनी होटलमा खाना खान्थे भने रातको सुताइ भने रेल्वे स्टेसनको प्रतिक्षालयमा हुन्थ्यो। 

_x000D_ _x000D_

सितामणीमा पनि प्रहरी परिचालन गरेर व्यापक खोजी हुन थालेपछि त्यसपछि साहले आफू त्यहाँबाट गाडी चेढेर दरभंगा गएको बताएका छन्। दरभंगामा पनि उनको दैनिकी उस्तैगरी बित्ने गरेको बयान दिएका छन्। ‘दिनभर ज्यामी वा कवाडी बटुल्ने अनि रातको बास प्रतिक्षालयमै हुन्थ्यो।’, आरोपित साहको बयानलाई उद्दृद गर्दै एसपी कार्कीले भने।

_x000D_ _x000D_

झन्डै दुई महिनासम्म भारतमा लुकिछिपी बसेको भरतलाई नेपालीहरुको महान चाड दसैंको ज्यादै न्यास्रो लाग्छ। नेपाल हुँदा रमाइलो गरिएको दुर्गा पूजाको झझल्कोले उनलाई सताउँछ र शाह घर फर्किन्छन्। ‘दुर्गा पूजा जाउँ–जाउँ लाग्यो। मन नै नमानेपछि दुर्गा पूजा हेर्नकै लागि नेपाल आएको थिएँ’, साहले बयानमा बताएको कुरा सुनाए सई अवधलालले।

_x000D_ _x000D_

दुर्गा पूजा हेर्न नेपाल आएका उनी अन्ततः पक्राउ पर्छन्। उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाएको छ। उनीमाथि कर्तव्य ज्यान तथा जबरजस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको महोत्तरीका एसपी कार्कीले जनाएका छन्।

_x000D_ _x000D_

टोपी किन्ने निहुँ गर्दै चोरेका थिए साहले बच्चा

_x000D_ _x000D_

बच्चा चोरिएको दिन जनैपूर्णिमा थियो। त्यस दिन साहले कपाल खौरेका थिए। कपाल खौरेपछि टोपी किन्न उनी एउटा पसलमा गएका थिए। पसलेले आफ्नोमा टोपी नभएको, सन्तोषको पसलमा होला भन्दै नजिकैको किराना पसलतर्फ देखाएका थिए।

_x000D_ _x000D_

त्यसपछि साह सन्तोषको पसलमा गए। परिचितजस्तै गरी पसलमा बसेकी सन्तोषकी श्रीमतीलाई उनले सन्तोष खोई भन्दै सोधका थिए। नामै लिएर बोलाएपछि सन्तोषकी श्रीमतीले साहलाई श्रीमानको साथी होला भन्ने विश्वास गरेकी थिइन्। टोपी किन्न गएका साह पसल अगाडिको खाटमा बसे। पसलमा मान्छेको चहलपहल पनि बाक्लै थियो। त्यही मौका छोप्दै आँगनमा खेलिरहेकी सन्तोषकी ८ महिने छोरीलाई साहले बोकेर हिँडेका थिए। 

_x000D_ _x000D_

साँझ करिब साढे ६ बजे आफ्नै पसलबाट हराएकी छाेरी नभेट्टिएपछि चाैधरी परिवारले राति ९ बजे बच्चा हराएको प्रहरीलाई जानकारी गराइएको थियो।

_x000D_ _x000D_

भोलिपल्ट मृत अवस्थामा सोनाली औरही–८ स्थित जंगलमा भेटिएकी थिएन्। पसलबाट १ किलोमिटर पूर्वमा आँप बगैंचामा उनको शव भेटिएको थियो।

_x000D_ _x000D_

बालिकाको शरीरमा चोटपटक देखिएकाले थप आशंका उब्जिएको भन्दै बालिककाको शव पोष्टमार्टम गरिएको थियो। बालिकाको यौनांग र मलद्वारमा गहिरो चोट रहेको पाइएकाले बालिकाको शव पोष्टमार्टम गर्दा बलात्कारपछि हत्या भएको पुष्टि भएको थियो।

_x000D_ _x000D_

आठ महिने बालिकाको चोरी गरेर हत्या हुनु गम्भीर भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

_x000D_ _x000D_

प्रहरीले सिसिटिभी फुटेजमा बच्चा बोकेर हिँडेको दृश्यसमेत फेला पारको थियो। सिसिटिभी फुटेजमा महोत्तरीकै तत्कालीन हात्तिसर्वा गाविसका २५ वर्षीय भरत साहलाई पसल अगाडिबाट बच्चा बोकेर हिँडेको देखिएको पत्ता लागेको थियो।

_x000D_ _x000D_

को हुन् ८ महिने बच्चाको हत्या गर्ने भरत साह?
_x000D_  
_x000D_ साह केही समयअघि मात्रै सिरहा कारागारबाट छुटेका कैदी हुन्। कारागारबाट छुटे पनि उनको बानी भने सुध्रिएको थिएन। उनी घरकै सामान तथा पैसासमेत चाेरी गर्न बाँकी राख्दैनथे।

_x000D_ _x000D_

_x000D_ _x000D_

अाराेपित साहकाे नागरिकताकाे प्रमाणपत्र

_x000D_ _x000D_
_x000D_

चोरेर हैरान पारेका कारण उनका परिवारका सदस्यहरु पनि उनीबाट आजित थिए। बन्द घर तथा मान्छे नभएको मौका पारेर चोरी गर्नु उनको बानी थियो। भरतलाई चिन्नेहरु उनलाई देख्नासाथ सतर्क हुन्थे।

_x000D_ _x000D_

पछिल्लो समय उनले चोरेरै आफ्नो जिविका चलाउँदै आएका थिए। साहले बेलाबेलामा मस्तिष्कले काम नगरेकोजस्तो व्यवहार पनि देखाउने गरेको परिवारिक स्रोतले जनाएको छ।

_x000D_ _x000D_

याे पनि पढ्नुस्:

_x000D_ _x000D_

 सिसिटिभीमा देखिएका हत्यारा डेढ महिना बित्दा पनि पक्राउ परेनन्

_x000D_ _x000D_

शिशु हत्याका मुख्य अभियुक्त समातिए

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०७५  १५:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
डिडानको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
नेपाल–भारतले एकअर्काका नागरिकले भोगचलन गरेको जग्गा नापजाँच गर्ने
सरकारको छानबिनप्रति ओलीको व्यङ्ग्य: जरिकोटको धागो कहाँबाट आयो भनेर पनि सोधे
सम्बन्धित सामग्री
पत्रकार श्रेष्ठको घर र कार्यालयमा खानतलासी उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पत्रकार किशोर श्रेष्ठको घर र कार्यालयमा खानतलासी गरेको छ। बिहीबार, साउन २८, २०८३
माधव नेपाल प्रतिवादी भएको भ्रष्टाचार मुद्दामा साक्षी झिकाउने आदेश मंगलबार विशेष अदालतका न्यायाधीशहरु नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासमा यस्तो आदेश गरेको हो । मंगलबार, साउन २६, २०८३
इनर्जी ड्रिंक्स सेवन गर्ने बानी छ ? निम्तिन सक्छन् यस्ता स्वास्थ्य समस्या कफी वा चियाको तुलनामा इनर्जी ड्रिंक्सको एउटै क्यान वा बोतलमा धेरै मात्रामा क्याफिन हुन सक्छ, जुन कहिलेकाहीँ धेरै कप कफी बराबर हुन्छ।... मंगलबार, साउन २६, २०८३
ताजा समाचारसबै
डिडानको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित शनिबार, साउन ३०, २०८३
नेपाल–भारतले एकअर्काका नागरिकले भोगचलन गरेको जग्गा नापजाँच गर्ने शनिबार, साउन ३०, २०८३
सरकारको छानबिनप्रति ओलीको व्यङ्ग्य: जरिकोटको धागो कहाँबाट आयो भनेर पनि सोधे शनिबार, साउन ३०, २०८३
भोलि उपत्यकाका कुन–कुन स्थानमा ग्यास वितरण हुँदैछ? शनिबार, साउन ३०, २०८३
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
जनआस्थाको समाचारबाट आफू पनि पीडित भएको महिला आयोग अध्यक्ष पराजुलीको दाबी शुक्रबार, साउन २९, २०८३
उत्तर कोरियाले दियो ‘नयाँ प्रतिरोध’ को चेतावनी शुक्रबार, साउन २९, २०८३
देउवालाई रेड कार्ड देखाउने विश्वप्रकाशको चेतावनी शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
पत्रकार किशोर श्रेष्ठ पक्राउबारे के भन्छन् प्रहरी प्रवक्ता? बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्