तस्बिर : नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन
लमजुङ– मनाङको हिमलुङ हिमालमा हिमपहिरोपछि जारी खोजीका क्रममा बुधबार थप तीन जनाको शव फेला परेको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार गोरखाका ५८ वर्षीय आश गुरुङ, खोटाङका २१ वर्षीय सुरज राई र रुकुमका ५७ वर्षीय कलम बुढाको शव फेला परेको हो। तीनै जनाको शव बेसक्याम्पबाट निकालेर बुधबार साँझ चामे ल्याइएको छ।
शवहरू चामेस्थित प्रदेश अस्पतालको शवगृहमा राखिएको छ भने बिहीबार काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल लैजाने तयारी छ।
हिमलुङमा अझै ९ जना बेपत्ता छन्। उनीहरूको खोजीका लागि अनुभवी पर्वतीय गाइडसहितको टोली परिचालन गरिएको छ। यसअघि आइतबार दुई र सोमबार दुई जनाको शव भेटिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।