काठमाडौं– कर्जा दिलाइदिने भन्दै व्यवसायीसँग ७४ लाख रुपैयाँ घुस लिएको अभियोगमा नेपाल बैंकका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीलाई विशेष अदालतले दोषी ठहर गरेको छ।
अधिकारीविरुद्ध अख्तियारले ६ वटा छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो। तीमध्ये दुईमा पूर्ण दोषी, दुईमा आंशिक दोषी र दुईमा सफाइ हुने फैसला भएको छ।
अख्तियारका अनुसार तनहुँको अकला देवी ट्रेडर्सलाई २५ करोड रुपैयाँ ऋण दिलाउन ५० लाख, अन्य दुई ऋण प्रकरणमा ५ लाख र १९ लाख रुपैयाँ घुस लिएको अभियोग थियो। अधिकारीलाई कति सजाय हुने भन्ने टुंगो भने छुट्टै निर्धारण हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।