काठमाडौं- आफ्नो भ्रातृ संगठन नेपाल विद्यार्थी संघको सभापति हुन नेपाली कांग्रेसले उमेर हद ३२ वर्ष तोके पनि वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले असहमति जनाएको छ। विवादित बन्दै आएको उमेर हदको प्रस्ताव आइतबार राति सकिएको कांग्रेस केन्द्रीय समिति बैठकको बहुमतले पारित गरेको छ।
_x000D_
_x000D_
तर, उक्त निर्णयप्रति वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी लगायतका नेताले असहमति जनाएका हुन्। संघले सर्वसममतिबाट स्वीकृतिका लागि प्रस्तुत गरेको 'नेपाल विद्यार्थी संघको विधान २०२७ सातौं संशोधन २०७५' लाई पन्छाएर विधि, प्रक्रिया र पद्धतिलाई पूर्णरुपमा उपेक्षा गरिएको भन्दै उनीहरुले फरक मत राखेका छन्। छुट्टै विधान मसयौदा प्रस्तुत भएको र अध्ययन गर्ने समयसम्म नदिई विधान जस्तो महत्वपूर्ण कुरालाई बैठकमा प्रस्तुत नै नगरी पास गरिएको उनीहरुको भनाइ छ।
_x000D_
_x000D_
'यो निर्णयले पार्टी तथा पार्टीका संस्थाहरुको संस्थागत विकास र लोकतान्त्रिक प्रक्रियामा गम्भीर आघात पारेको हाम्रो ठहर छ। हामी यो निर्णयमा असहमति प्रकट गर्दछौं,' नोट अफ डिसेन्टमा उनीहरुले लेखेका छन्।
_x000D_
_x000D_
नेविसंघ सभापतिको उमेर हद ३२ हुने गरी निर्देशक समितिका संयोजक डा प्रकाशरण महतले बैठकमा प्रस्ताव पेस गरेका थिए। पार्टीको संस्थापन पक्ष नेविसंघको सभापति बन्न ३२ वर्षे हदबन्दी लगाउने पक्षमा थियो भने इतर समूह हदबन्दी हटाउने पक्षमा थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।