काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज बस्ने भएको छ।
_x000D_
_x000D_
केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा विधान मस्यौदा समितिले तयार गरेको विधान माथि छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी गराए। शर्माले समसामयिक राजनीतिक घटनाक्रम र नेपाल विद्यार्थी संघको विधानमा पनि छलफल हुने बताए।
_x000D_
_x000D_
शुक्रबारको लागि बोलाइएको बैठक नेविसंघको विधानमा विवाद भएपछि बस्न सकेको थिएन।
_x000D_
_x000D_
पार्टीले संघको विधान पारित नगरिदिएकोले १२औं महाधिवेसन अन्योलमा परेको छ। संघको सभापतिलाई ३२ वर्षे हदबन्दी लगाउने वा नलगाउने विषयमा पार्टीमा फरक–फरक मत छ।
_x000D_
_x000D_
संघको निर्देशक समितिको संयोजक रहेका सह–महामन्त्री डा प्रकाशशरण महत ३२ वर्षे हदबन्दी लागाउने गरी विधान संशोधनको पक्षमा छन्। संघको केन्द्रीय समितिले पार्टीलाई बुझाएको संशोधनमा भने ३२ वर्षे हदबन्दी नरहने गरी प्रस्ताव गरिएको छ।
_x000D_
_x000D_
बैठक दिउँसो १ बजे बस्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।