लिमा– ल्याटिन अमेरिकाको खाद्यान्नका लागि धनी मानिने मुलुक पेरूका बालबालिका तथा गर्भवती महिलामा कुपोषणको समस्या खतरनाक अवस्थामा रहेको देखिएको छ।
_x000D_
_x000D_
तीन वर्ष मूनिका हरेक ५ बालबालिकामध्ये २ जनामा कुपोषणको समस्या रहेको सर्भेक्षणले देखाएको छ। सर्भेक्षण अनुसार ४३ दशमलब ६ प्रतिशत बालबालिकामा कमसल खानाका कारण कुपोषण हुने र जसका कारण रक्तअल्पता (एनिमिया)को समस्या रहेको पेरुको तथ्याङ्क मामिला हेर्ने निकायले जनाएको छ।
_x000D_
_x000D_
सर्भेक्षण अनुसार यहाँका ३० प्रतिशत गर्भवती महिलामा रक्त अल्पताको समस्या रहेको छ। यसको कारक तत्व भनेको उक्त अवस्थामा माछा मासुको आहारको आवश्यक परिपूर्ति नभएका कारण रगतमा आइरनको तत्वको कमी भएको अध्ययनले देखाएको छ।
_x000D_
_x000D_
पछिल्लो एक दशक यता पेरुको आर्थिक वृद्धिदर उच्च रहेको भएपनि खाद्यान्नका कारण कुपोषणको समस्याको दर सन् २०११ पछि निरन्तर बढी रहेको बताइएको छ।
_x000D_
_x000D_
यसैबीच सरकारद्वारा एनेमियाको कमीलाई घटाउने कार्यस्वरूप राष्ट्रिय अभियान सुरु गरिएको छ। शनिबार सुरु भएको अभियानको उद्घाटन गर्दै पेरुका राष्ट्रपति मार्टिन भिजकाराले एनिमियाको समस्यालाई न्युनिकरण गर्नु सरकार र पूरै पेरूबासीको प्राथमिकता भएको बताए।
_x000D_
_x000D_
बालबालिकाको कुपोषणको समस्यालाई आगामी तीन वर्षमा १९ प्रतिशतमा झार्ने लक्ष्य रहेको राष्ट्रपतिले जानकारी दिए। उनले यस अभियानमा हरेक पेरूबासीले सघाउने विश्वास पनि व्यक्त गरे।
_x000D_
_x000D_
खाद्यान्न परिकार तथा पूरातात्विक चमत्कारका कारण हरेक वर्ष ४५ लाख विदेशी पर्यटकलाई भित्राउने पेरुमा कुपोषणको समस्या हुनु विडम्वनाको कुरा भएको छ।
_x000D_
_x000D_
विश्वकै १० उत्कृष्ट रेष्टुरेण्टको सूचिमा पेरुको लिमामा रहेका दुई रेष्टुरेण्ट एल सेन्ट्रल र एल माइडो परेका भएपनि यहाँका जनतामा कुपोषणको समस्या देखिएको सर्भेक्षणले देखाएको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।