• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ११, २०८३ Sun, Sep 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

होर्मुज जलडमरू खोल्न सर्त पूरा हुनुपर्ने इरानको अडान, कूटनीतिबाटै समाधान खोज्न आग्रह

64x64
नेपाल लाइभ आइतबार, असोज ११, २०८३  ०९:२८
1140x725

काठमाडौं। इरानले अमेरिका र इजरायलसँगको द्वन्द्व समाधानका लागि कूटनीति नै एकमात्र उपाय भएको बताएको छ। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरू पुनः खोल्ने र युद्ध अन्त्य गर्ने विषयमा इरानले अघि सारेको प्रस्ताव अस्वीकार गरेको बताएपछि इरानको यस्तो प्रतिक्रिया आएको हो।

इरानका विदेशमन्त्री अब्बास अराघ्चीले आइतबार सामाजिक सञ्जालमार्फत होर्मुज जलडमरू खोल्ने विषय निश्चित सर्त पूरा भएपछि मात्र सम्भव हुने बताएका छन्। उनका अनुसार गतिरोध अन्त्य गर्न वार्ताबाट समाधान खोज्नुपर्नेछ।

इरानले गत साता न्यूयोर्कमा भएको संयुक्त राष्ट्रसंघको महासभाका क्रममा शान्ति प्रस्ताव सार्वजनिक गरेको थियो। उक्त प्रस्ताव कतारका मध्यस्थकर्तामार्फत अमेरिकासमक्ष पठाइएको इरानको भनाइ छ।

तर‚ ट्रम्पले शनिबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै इरानको प्रस्ताव अस्वीकार गरेको बताएका थिए। उनले होर्मुज जलडमरू तत्काल खोल्न इरान सम्झौता गर्न खोजिरहेको र त्यसको पछाडि इरानको कमजोर अवस्था रहेको दाबी गरेका थिए।

अराघ्चीका अनुसार ट्रम्पका सार्वजनिक अभिव्यक्तिका बाबजुद मध्यस्थकर्ताहरूले इरानलाई अमेरिकी प्रस्तावको औपचारिक अस्वीकृतिबारे जानकारी गराएका छैनन्। उनले मध्यस्थकर्ताबाट अमेरिकाको अन्तिम धारणा प्राप्त हुने प्रतीक्षामा रहेको र त्यसपछि निर्णय लिने बताएका छन्।

अमेरिकाले इरानमाथि आर्थिक नाकाबन्दी लगाउँदै होर्मुज जलडमरूमा पानीजहाजमाथि भएका इरानी आक्रमण रोक्न तेहरानमाथि दबाब बढाएको छ। उक्त क्षेत्रमा पानीजहाजको आवागमन उल्लेख्य रूपमा घटेको छ।

इरानले प्रस्ताव गरेको सम्झौताअनुसार सम्झौता भए होर्मुज जलडमरू खोल्न सात दिनको समयसीमा सुरु हुने र क्षेत्रीय लडाइँमा विराम लाग्ने अराघ्चीले बताएका छन्। त्यसपछि दुवै पक्षले सहमत विषयमा थप वार्ता अघि बढाउन सक्ने उनको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

सम्भावित वार्तामा इरानको आणविक कार्यक्रम पनि समावेश हुन सक्नेछ। अमेरिकी राष्ट्रपति ट्रम्पले इरानलाई आणविक हतियार विकास गर्न नदिनुपर्ने बताउँदै आएका छन्। यता, इरानी अधिकारीहरूले आफ्नो आणविक कार्यक्रमसम्बन्धी अधिकारमा कुनै सम्झौता नगर्ने बताएका छन्।

इरानी राष्ट्रपति मसुद पेजेस्कियानले पनि आणविक कार्यक्रम र अन्य विषयमा वार्ता गर्न तयार रहेको बताएका छन्। तर उनले दबाब वा धम्की स्वीकार नगर्ने स्पष्ट पारेका छन्। उनका अनुसार इरान युद्ध चाहँदैन तर दबाब, धम्की र आक्रमणविरुद्ध आफ्नो रक्षा गर्नेछ।

अमेरिका र इजरायलले फेब्रुअरी २८ मा गरेको आक्रमणबाट सुरु भएको भनिएको सात महिनादेखिको द्वन्द्वमा पटक–पटक युद्धविराम र पुनः आक्रमण हुँदै आएको छ। द्वन्द्वका कारण हजारौँ मानिस मारिएको, इरानको सैन्य क्षमतामा क्षति पुगेको र कमजोर अर्थतन्त्रमा थप असर परेको सामग्रीमा उल्लेख छ।

इरान र उसका सहयोगीहरूले पनि क्षेत्रीय रूपमा जवाफी कारबाही गर्दै आएका छन्। इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सहयोगीमाथि ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेको छ भने यमनस्थित हुथी सहयोगीहरूले साउदी अरबका हितलाई लक्षित गर्दै आएका छन्।

Xtrem

Xtrem

शनिबार साउदी नेतृत्वको गठबन्धनले हुथीहरूले साउदी अरबतर्फ प्रहार गरेका दुई ब्यालिस्टिक क्षेप्यास्त्र र दुई ड्रोनलाई रोकेको जनाएको थियो।

प्रकाशित मिति: आइतबार, असोज ११, २०८३  ०९:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन?
३४ जिल्लामा आकस्मिक बाढीको जोखिम, १६ जिल्लामा उच्च जोखिम
झरीबीच १३ जिल्लामा कांग्रेसको क्षेत्रीय अधिवेशन, केन्द्रीय नेतादेखि युवासम्म मैदानमा
सम्बन्धित सामग्री
होर्मुज जलडमरू खोल्न सर्त पूरा हुनुपर्ने इरानको अडान, कूटनीतिबाटै समाधान खोज्न आग्रह अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरू पुनः खोल्ने र युद्ध अन्त्य गर्ने विषयमा इरानले अघि सारेको प्रस्ताव अस्वीकार गरेको... आइतबार, असोज ११, २०८३
ट्रम्पले दिए सीलाई राजकीय भोज, मस्क–बेजोसदेखि जेन्सेन हुआङसम्म सहभागी उनले अमेरिका–चीनबीचको लामो सम्बन्धप्रति शुभकामना व्यक्त गर्दै दुवै देशका जनताका लागि सद्भाव, शान्ति र समृद्धिको भविष्यको कामना गर्दै... शुक्रबार, असोज ९, २०८३
जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो स्थानीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमा टोकियोको पूर्वमा रहेको चिबा प्रिफेक्चरका सातजना र राजधानीको दक्षिणपश्चिममा रहेको कानागाव... शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
३४ जिल्लामा आकस्मिक बाढीको जोखिम, १६ जिल्लामा उच्च जोखिम आइतबार, असोज ११, २०८३
झरीबीच १३ जिल्लामा कांग्रेसको क्षेत्रीय अधिवेशन, केन्द्रीय नेतादेखि युवासम्म मैदानमा आइतबार, असोज ११, २०८३
तिनाउको बाढीले बुटवलमा दुई घर बगायो, तीन घरमा क्षति आइतबार, असोज ११, २०८३
होर्मुज जलडमरू खोल्न सर्त पूरा हुनुपर्ने इरानको अडान, कूटनीतिबाटै समाधान खोज्न आग्रह आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे शनिबार, असोज १०, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ आइतबार, असोज ११, २०८३
देशभर वर्षाको सम्भावना, चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्