भक्तपुर- राष्ट्रिय परीक्षा बोर्डले आज साँझ कक्षा ११ को परीक्षाफल सार्वजनिक गरेको छ। परीक्षामा नियमिततर्फ तीन लाख ३२ हजार ८९१, अक्षराङ्कन पद्धतिमा आंशिकतर्फ एक लाख ७६ हजार ४९ र अङ्क प्रणालीमा ४९ हजार ५०५ विद्यार्थीले गरी कूल पाँच लाख ४८ हजार ४४५ जना परीक्षार्थीको सहभागिता रहेकाे थियो।
_x000D_
_x000D_
परीक्षामा ग्रेड ए प्लस अर्थात् जिपिए ३.६५ देखि ४ सम्म ल्याउने एक हजार १४५ विद्यार्थी छन् । ग्रेड ए अर्थात् जिपिए तीन देखि ३.६० ल्याउने आठ हजार ९४९, ग्रेड बि प्लस अर्थात् जिपिए २.८१ देखि जिपिए ३.२० ल्याउने २४ हजार ११५ विद्यार्थी, ग्रेड बि अर्थात् जिपिए २.४१ देखि २.८० ल्याउने ४८ हजार ७३१ रहेका छन्।
_x000D_
_x000D_
त्यसैगरी ग्रेड सि अर्थात् जिपिए २.१ देखि २.४० ल्याउने ८६ हजार ७७०, ग्रेड सि अर्थात् जिपिए १.६१ देखि दुई ल्याउने ९२ हजार ग्रेड डि प्लस अर्थात् जिपिए १.२१ देखि १.६० ल्याउने ४१ हजार ४०६, ग्रेड डि अर्थात् जिपिए ०.८१ देखि १.२० ल्याउने आठ हजार १२७ र ग्रेड ई अर्थात् जिपिए ० देखि ०.८० ल्याउने २० हजार ६८५ विद्यार्थी रहेको बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
_x000D_
_x000D_
अक्षरांकन पद्धतिको आंशिकतर्फका परीक्षार्थीमध्ये ३८.४१ प्रतिशत उत्तीर्ण भएका छन् । बोर्डले नियमिततर्फ १०० विद्यार्थी, अक्षराङ्कन पद्धतितर्फ २७ आंशिकतर्फको परीक्षा रद्द गरेको र अङ्क प्रणालीतर्फ चार जना गरी कूल १३१ जना परीक्षार्थीको परीक्षा रद्द गरेको जनाएको छ। गत जेठ ९ गते सम्पन्न भएको परीक्षाको विगतका वर्षभन्दा तीन महीना अगाडि नै नतिजा सार्वजनिक गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।