काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपा परिवेशभित्रका विभिन्न पार्टीसँग चाँडै नै एकता हुने बताएका छन्। विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको उपलक्ष्यमा पार्टी सम्पर्क समाज समन्वय विभागद्वारा केन्द्रीय कार्यालयमा शनिबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, 'राप्रपा परिवेशका विभिन्न पार्टीसंग यसबारे औपचारिक तथा अनौपचारिक वार्ता भइरहेको छ।'
_x000D_
_x000D_
नेपाली संस्कृतिको संरक्षण र सम्वर्द्धनमा पार्टी निरन्तर क्रियाशील रहेको बताउँदै अध्यक्ष थापाले घटस्थापनाकाे सार्वजनिक बिदा कटौती गर्न नहुने बताए। मुलुकमा बसोबास गर्ने सबै जातजाति तथा समुदायको विभिन्न चाडपर्वले समाजिक सद्भाव र एकता अभिवृद्धि गर्नमा ठूलो सहयोग पुर्याइरहेको उनले बताए।
_x000D_
_x000D_
पार्टी महामन्त्री एवं सम्पर्क समाज समन्वय विभाग प्रमुख भास्कर भद्रा, वरिष्ठ नेता बालाराम घर्तीमगर र प्रदेश नं ३ का अध्यक्ष विक्रमबहादुर थापालगायतले प्राचीन परम्परा र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए।
_x000D_
_x000D_
सो अवसरमा विभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश गर्नुे नवप्रवेशीलाई अध्यक्ष थापाले सदस्यता प्रदान गरेका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।