• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

व्यायामका फाइदा

64x64
नेपाल लाइभ आइतबार, असोज २१, २०७५  ००:३८
1140x725

यदि तपाईं अधिकांश व्यक्तिजस्तै नियमित रुपमा व्यायाम गरी पसिना बगाउन खासै जाँगर चलाउनु हुन्न भने व्यायाम गर्न तपाईंलाई पर्याप्त उत्प्रेरणाको कमी छ भन्ने बुझ्नुहोस्। अहिले ‘टाइम’ म्यागाजिनका लागि कभर स्टोरी ‘द एक्सरसाइज क्योर’ लेखिरहँदा २० प्रतिशत अमेरिकीहरूले मात्र उनीहरूलाई दिइएको परामर्श अनुसार साताको १ सय ५० मिनेटको भारी व्यायाम र कार्डियोभास्कुलर व्यायाम गरिरहेका छन् भने आधाभन्दा बढीले कुनै व्यायाम गरेका छैनन्। त्यसमाथि ६ वर्षभन्दा माथिका ८ करोड २० लाख अमेरिकी त व्यायामका दृष्टिकोणले पूरै निस्क्रिय छन्।

_x000D_ _x000D_

अध्ययनहरूले जुनसुकै उमेरमा पनि व्यायाम सुरु गर्न सकिन्छ भन्ने पर्याप्त आधार देखाएका छन्, यहाँसम्म कि तपाईं बिरामी वा गर्भवती भए पनि व्यायाम गर्नु आवश्यक छ। ‘व्यायामले जति काम गर्छ, त्यति कुनै पनि पिल (औषधि)ले गर्दैन,’ लुजियानास्थित पेनिङ्टन बायोमेडिकल रिसर्च सेन्टरको ह्युमन जिनोमिक्सका निर्देशक क्लाउडे बुचार्ड भन्छन्, ‘यदि कुनै त्यस्तो पिल नै बने पनि त्यो असाध्यै महँगो हुन्छ।’

_x000D_ _x000D_

प्रस्तुत छ शारीरिक व्यायाम गर्दा हुने केही आश्चर्यजनक फाइदाहरूः

_x000D_ _x000D_

१. व्यायाम मस्तिष्कका लागि फाइदाजनकः व्यायामले डिप्रेसन घटाउँछ, स्मरण शक्ति सुधार्छ र सिकाइ छिटो पार्छ। अनुसन्धानहरूले अल्जाइमर्सजस्ता रोगबाट जोगिन वा छिटो लाग्नबाट जोगिन पनि व्यायाम सर्वोत्तम उपाय भएको निष्कर्ष निकालेका छन्।
_x000D_ वैज्ञानिकहरूले अहिलेसम्म पत्ता लगाउन सकेका छैनन् कि व्यायामले कसरी मस्तिष्कको ढाँचा र काममा परिवर्तन ल्याउँछ। तर, उनीहरूले व्यायामबाट मस्तिष्कमा रगत प्रवाहमा सुधार आउने, नयाँ नशा वृद्धि गराउने र यहाँसम्म कि नयाँ कोष निर्माणमा समेत सघाउँछ भन्ने कुरा पत्ता लगाइसकेका छन्। जसका लागि बिडिएनएफ ९ब्रेन डिराइभ्ड न्युरोट्रोपिक फ्यक्टर) प्रोटिनलाई धन्यवाद दिनुपर्छ। बिडिएनएफले नयाँ न्युरोन वृद्धि सक्रिय पार्छ र मस्तिष्कका कोषलाई मर्मत र जोगाउन सघाउनुका साथै टुटफुट हुनबाट बचाउँछ। हालै गरिएको एउटा अनुसन्धानका अनुसार यसले हामीलाई एकाग्र हुन पनि सघाउँछ।

_x000D_ _x000D_

२. हामीलाई बढी खुसी बनाउँछः असंख्य अध्ययनले हिँडाइदेखि साइक्लिङसम्मका विभिन्न व्यायामले हामीलाई स्वस्थ भएको अनुभूतिसँगै डिप्रेसनबाट मुक्ति दिलाउने देखाएका छन्। व्यायामले मस्तिष्कमा ‘सेरोटोनिन्’, ‘नोरपिनेफ्रिन’, ‘इन्डोर्फिन’ र ‘डोपामाइन’जस्ता रासायनिक पदार्थको उप्पादन सक्रिय पार्छ। डोपामाइनले दुखाइ÷पीडा कम गराउँछ, मनोदशा हलुका पार्छ, तनावमुक्त पार्छ र आनन्द अनुभूति गराउँछ। ‘वर्षौंसम्म हामीले व्यायामका शारीरिक फाइदामा अनुसन्धान केन्द्रित गर्‍यौं तर यसबाट व्यक्तिलाई नियमित हुने मनोवैज्ञानिक र भावनात्मक फाइदाको बेबास्ता ग¥यौँ,’ भन्छन् द अमेरिकन काउन्सिल अन एक्सरसाइजका चिफ साइन्स अफिसर सेड्रिक ब्रायन्ट।

_x000D_ _x000D_

३. बुढ्यौली ढिलो पार्छः नियमित व्यायाम गर्नाले करिब पाँच वर्ष आयु बढ्ने विभिन्न अध्ययनले देखाएका छन्। भर्खरै गरिएको एउटा सानो अध्ययनले मध्यम खालको व्यायामले पनि कोषको बुढ्यौली ढिलो पार्ने देखाएको छ। जब मानिस बुढो हुन थाल्छ, उसको शरीरका कोषहरू बारम्बार विभाजन हुँदा वंशाणुमा हुने क्रोमोजोमको ‘टेलुमियर’ छोटो हुँदै जान्छ।

_x000D_ _x000D_

व्यायामले टेलुमियरलाई छोटो हुनबाट कसरी जोगाउँछ पत्ता लगाउन अनुसन्धानकर्ताले व्यायाम गर्नुअघि र गरिसकेपछि १० जना स्वस्थ मानिसका मांसपेशीको बायोप्सी गरे र रगतका नमूना लिए। त्यसपछि ती १० जनालाई ४५ मिनेट साइकल कुदाउन लगाइयो। परीक्षणबाट अनुसन्धानकर्ताले व्यायामले टेलुमियर जोगाउने कणिका (मोलेक्यु) को मात्रा बढेको पाए। यो परीक्षणबाट ती कणिका उमेर अनुसार छोट्टिँदै गएको अनुसन्धानकर्ताले पत्ता लगाए। परीक्षणबाट व्यायामले बुढ्यौली ढिलो पार्ने प्रमाणित भयो।

_x000D_ _x000D_

४. छाला राम्रो पार्छः एरोबिकजस्ता व्यायामले छालामा रगत प्रवाह बढाउँछ। छालाको कोषले अक्सिजन र अन्य पोषण पाउँछन्, जसले छाला स्वस्थ्य हुनुका साथै घाउ पनि छिटो निको हुन्छ। ‘घाउ÷चोट लागेको मानिसले सकेसम्म छिटो हिँडडुल गर्नुपर्छ, यसले मांसपेशी कमजोर हुनबाट जोगाउने मात्र नभएर छालामा स्वस्थ रगत प्रवाह बढाउँछ,’ च्यापेल हिलस्थित युनिभर्सिटी अफ नर्थ क्यारोलाइनाका एक्सरसाइज फिजियोलजिस्ट एन्थनी ह्याक्नी भन्छन्, ‘लामो समय अभ्यास गर्नुभयो भने तपाईंको छालामा रगतका नशा ‘मसिना क्यापिलरी’ थपिनेछन्।’

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

छाला शरीरको तापक्रम बाहिर निकाल्ने÷फ्याँक्ने रिलिज पोइन्ट पनि हो। हामीले व्यायाम गर्दा हाम्रा मांसपेशीले अत्यधिक ताप उत्पन्न गर्छ। यो ताप हामी हाम्रो शरीरको बाहिरी तह छालाबाट वातावरणमा फ्याँक्छौँ, त्यसैले हाम्रो शरीरको तापक्रम बढ्दैन भन्छन् ह्याक्नी। मांसपेशीमा उत्पन्न हुने ताप रगतको माध्यम हुँदै छालाबाट वातावरणमा मिसिन्छ।

_x000D_ _x000D_

५. केही मिनेटमै अचम्मको परिवर्तनः हालै भएका केही अध्ययनले व्यायाम गर्दा शरीरमा परिवर्तन हुन र व्यायामको फाइदा अनुभव गर्न धेरै बेर नलाग्ने देखाएका छन्। ‘केवल तपाईं कति बेर व्यायाम गर्नु हुन्छ भन्ने कुरा महत्वपूर्ण छ,’ ओन्टारियोस्थित म्याकमास्टर युनिभर्सिटीका एक्सरसाइज फिजियोलोजिस्ट मार्टिन गिबाला भन्छन्। उनी ५० मिनेटको विशेष व्यायामको तुलनामा १० मिनेटको छोटो व्यायाम कति प्रभावकारी हुन्छ परीक्षण गर्न चाहन्थे।

_x000D_ _x000D_

उनले तयार पारेको छोटो व्यायामको बीचमा आफ्नो क्षमताले गर्न सक्ने सम्मका २०–२० सेकेन्डका कडा र पूर्ण व्यायाम ३ वटा थिए, साथै केही सेकेन्डका आराम पनि थिए। उनले तीन महिनाको अध्ययनमा विशेष र यो छोटो व्यायामबीच कुन राम्रो हो भन्ने परीक्षण गरे। उनको छोटो समयको व्यायामबाट लामो समयको विशेष व्यायाममा जस्तै मुटुको काम र ब्लड सुगर नियन्त्रणमा समान परिणाम निस्केको पाउँदा उनी आश्चर्यचकित भए। गिबाला भन्छन्, ‘यदि तपाईं कडा व्यायाम गर्न सक्नुहुन्छ भने थोरै व्यायामबाट पनि तपाईंले धेरै बेर व्यायाम गरेजत्तिकै फाइदा पाउनुहुन्छ।’

_x000D_ _x000D_

६. गम्भीर रोगबाट तंग्रिन सघाउँछः गिबालाले अध्ययन गरेजस्तो कडा व्यायाम जस्तो कि ‘इन्टर्भल वर्कआउट्स’ टाइप–२ मधुमेहदेखि ‘हार्टफेल’जस्ता दीर्घरोगीका लागि उपयुक्त हुने पाइएको छ। यो नयाँ धारणा हो, किनभने दशकौंदेखि नै केही दीर्घरोगीले व्यायाम गर्नु हुँदैन भन्ने धारणा व्याप्त थियो। अहिले वैज्ञानिकहरूले जानकारी पाएका छन् कि, अधिकांश व्यक्तिले व्यायाम गर्न सक्छन् र गर्नुपर्छ भनेर। तीन सयभन्दा बढी क्लिनिकल परीक्षणको हालै गरिएको विश्लेषणबाट के पत्ता लागेको छ भने, मस्तिष्कघातबाट निको भइरहेका व्यक्तिलाई पूर्वस्थितिमा फर्काउन व्यायाम अझ प्रभावकारी हुन्छ।

Xtrem

Xtrem
_x000D_ _x000D_

क्यालिफोर्नियास्थित कैजर पर्मानेन्ट फोन्टाना मेडिकल सेन्टरका फेमिली फिजिसियन डा. रबर्ट सालिसले सन् १९९० यता आफ्ना बिरामीलाई ‘ध्यान’मा रकम र समय खर्च गर्नुभन्दा व्यायाम गर्न सुझाव दिने गरेका छन्। ‘यसले आश्चर्यजनक रुपमा काम गर्‍यो, खासगरी मेरा सबैभन्दा बढी सिकिस्त (दीर्घरोगी) बिरामीहरूमा,’ उनी भन्छन्, ‘अझ उनीहरूलाई नियमित रुपमा व्यायाम गराउँदा (सामान्य रुपमा हिँडाउँदा वा मुटुको चाल अलिकति बढाउने अभ्यास गराउँदा) उनीहरूको स्वास्थ्यमा नाटकीय सुधार भएको पाएको छु। साथसाथै, डिप्रेसन, एन्जाइटी, एनर्जी लेभल आदिमा झन् सुधार नहुने कुरै भएन।’

_x000D_ _x000D_

७. बोसो घट्छः हाम्रो शरीरले कार्बोहाइड्रेट र बोसो (फ्याट) दुवैलाई ऊर्जा स्रोतका रुपमा प्रयोग गर्छ। एरोबिकजस्ता नियमित व्यायाम र शारीरिक तालिम गर्दा शरीरले बोसोलाई ऊर्जा स्रोतका रुपमा बढी उपयोग गर्छ वा भनौँ बोसोलाई ऊर्जामा रुपान्तरण गर्छ।

_x000D_ _x000D_

बोसोलाई ऊर्जामा रुपान्तरण गर्न अत्यधिक अक्सिजन चाहिन्छ। ‘शारीरिक व्यायामको एउटा फाइदा यसले हाम्रो ‘कार्डियोभास्कुलर सिस्टम’ बलियो हुन्छ र शरीरभर अक्सिजन आपूर्तिमा सुधार हुन्छ,’ ह्याक्नी भन्छन्, ‘त्यसैले व्यायामका बेला हाम्रो शरीरले बोसोलाई ऊर्जा स्रोतका रुपमा उपयोग गर्न थाल्छ।’ परिणामस्वरुप दीर्घकालीन रुपमा जलन हुने पदार्थ उत्पन्न गर्ने हाम्रो शरीरको बोसोका कोष सुकेर जान्छन् र जलन पनि हराउँछ।

प्रकाशित मिति: आइतबार, असोज २१, २०७५  ००:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति मंगलबार, असोज १३, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्