सोलुखुम्बु– लेक लागेर खुम्बुमा एक विदेशी नागरिकको मृत्यु भएको छ।
_x000D_
_x000D_
ताइवानी चेनारी च्याङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी एवम् प्रहरी नायब निरीक्षक उदयप्रसाद कटेलले जानकारी दिए।
_x000D_
_x000D_
सगरमाथा आधार शिविर घुम्न आएका च्याङको बिहीबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ।
_x000D_
_x000D_
खुम्बु पासाङल्हामु गाउँपालिका– ४ स्थीत लबुचे मदर अर्थ भन्ने होटलमा आराम गरी बसैकै अवस्थामा मृत्यु भएको बताइएको छ।
_x000D_
_x000D_
करीब ४५ वर्षीया च्याङ गत १३ गते नेपाल हाइटिङ टिम कम्पनी काठमाडौँमार्फत घुम्न आएका थिए।
_x000D_
_x000D_
अहिले इलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरीको टोली हेलिकप्टरमार्फत घटनास्थलमा पुगिसकेको बताइएको छ।
_x000D_
_x000D_
आवश्यक कानूनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि काठमाडौँ पठाइने छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।