दाङ– घोराही उपमहानगरपालिकाले एक चाउमिन उद्योग बन्द गराएको छ। अनुगमनका क्रममा उद्योगको उत्पादन गुणस्तरहिन पाइएपछि उद्योग बन्द गराएको उपमहानगरले जनाएको छ।
_x000D_
_x000D_
उपमहानगरका उपप्रमुख तथा बजार अनुगमन समितिका संयोजक सीता सिग्देल न्यौपानेको नेतृत्वमा गएको अनुगमन टोलीले घोराही–१७ गैरागाउँमा सञ्चालित ऋषिकेश चाउमिन उद्योगलाई तत्कालका लागि बन्द गराएको छ।
_x000D_
_x000D_
‘खानेकुरा उत्पादन गर्ने उद्योग गाई बाँध्ने गोठमा छ’ उनले भने, ‘गोठमा बनाएका चाउमिन र त्यससँगै प्रयोग हुने सस कस्तो होला?’
_x000D_
_x000D_
उद्योगमा करीब ८० वटा बोतल तयार पारिएको ससमा उत्पादन मिति, उपभोग मिति र मूल्य उल्लेख नभएको तथा गोठमा चाउमिन उत्पादन गरेको फेला परेपछि बिक्री र उत्पादन समेत नगर्न निर्देशन दिइएको उपप्रमुख न्यौपानेले जानकारी दिए।
_x000D_
_x000D_
३ दिन भित्र उद्योग दर्ता गर्न र मापदण्ड अनुसार सञ्चालनमा ल्याउन टोलीले निर्देशन दिएको छ। अनुगमन टोलीले घोराही क्षेत्रमा रहेका अन्य चाउमिन उद्योगको समेत अनुगमन गरेको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।