काठमाडाैं– यातायात व्यवस्था विभागले दसैं, तिहार तथा छठ पर्वका लागि लक्षित गर्दै काठमाडौं बाहिर जाने र आउने सवारीका लागि सबै रुट खुला गरको छ।
_x000D_
_x000D_
विभागले विगतका वर्षमा जस्तै यसपटक पनि दसैंमा बाहिर जाने तथा आउने यात्रुका यात्रा सहजताका लागि रुट परमिट खुला गरेको जनाएको छ।
_x000D_
_x000D_
विभागले असोज २४ देखि ३१ गतेसम्मका लागि रुट इजाजत खुला गरेको सूचना प्रकाशित गरेको छ।
_x000D_
_x000D_
साथै विभागले ट्याक्टर तथा टेलरलाई पनि यस अवधिभरि नारायणघाट–काठमाडौंसम्म सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।