झापा– व्यापारीले अनावश्यक विवाद गरेपछि भद्रपुर भन्सार तीनदिनदेखि ठप्प भएकाे छ।
_x000D_
_x000D_
गत सोमबार राजश्व तिरेभन्दा बढी कपडा लगेपछि प्रहरीले गोदामबाटै कपडा बरामद गरेको थियो। सोही विषयमा विवाद भएपछि व्यापारीले भद्रपुर भन्सार ठप्प बनाएका हुन्।
_x000D_
_x000D_
भद्रपुर भन्सारका नायब सुब्बा विजय शाहीका अनुसार भन्सार परिसरबाटै राजश्व नतिरी बढी लोड गरिएको कपडा नियन्त्रणमा लिइएको हो। भन्सार ठप्प हुँदा ५० लाखको राजश्व गुमेको छ।
_x000D_
_x000D_
व्यापारीले भन्सारको गोदाममा रहेको सामान लिनसमेत नआएको शाहीले जानकारी दिए।
_x000D_
_x000D_
सूर्य अडर्स एण्ड सप्लायर्सको नाममा १३ पोका कपडा राजस्व तिरेर लैजाने क्रममा पाँच पोका कपडा बढी लगेपछि वडा प्रहरी कार्यालय भद्रपुरले गोदामबाटै सो कपडा नियन्त्रणमा लिएको थियो।
_x000D_
_x000D_
सप्लायर्सको गोदामबाट वडा प्रहरी कार्यालय भद्रपुरले राजश्व तिरेको स्रोत नखुलेको पाँच पोका कपडा नियन्त्रणमा लिएको जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।