काठमाडाैं– आइरिस फोटोग्राफरका नेपाली पर्यटन झल्काउने फोटोहरुको प्रदर्शनी आजबाट सुरु हुने भएकाे छ।
_x000D_
_x000D_
नेपाल पर्यटन बोर्डले मासिक रुपमा आयोजना गरिरहेको ह्यास ट्याग फोटो नेपाल प्रदर्शनी अन्तर्गत अक्टोबर महिनामा हुने प्रदर्शनीमा आइरिस फोटोग्राफरले खिचेका नेपालका तस्वीर प्रदर्शनी गर्ने भएको छ।
_x000D_
_x000D_
फोटो प्रदर्शनी प्रत्येक अंग्रेजी महिनाको पहिलो शुक्रबारदेखि आयोजना हुने गरेको छ। यसपटकको फोटो प्रदर्शनी असोज १९ देखि २२ सम्म चल्दैछ।
_x000D_
_x000D_
गैर आवासीय नेपाली संघको सहकार्यमा हुने यस प्रदर्शनीमा ३५ फोटो प्रदर्शनीमा राखिएका छन्। चीनमा फोटो नेपाल चीनको शुन्दे जिल्लाको बेइजाओ शहरको कल्चर सेन्टरमा अक्टोबर १ देखि ७ सम्म फोटो नेपाल प्रदर्शनी भइरहेको छ।
_x000D_
_x000D_

_x000D_
_x000D_
जसमा नेपालका सुन्दर १ सय तस्वीर प्रदर्शनीमा रहेका छन्। नेपाल पर्यटन बोर्डको अवधारणामा सुरु गरिएको फोटो नेपालको आयोजना चीनमा भएको यो दोश्रो अवसर हो। चिनिया फोटोहरु पनि प्रदर्शनीमा राखिएका छन्।
_x000D_
_x000D_
यस प्रदर्शनीले नेपाल र चीनबीचको सांस्कृतिक, ऐतिहासिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउने आशा गरिएको छ।
_x000D_
_x000D_
नेपालका विभिन्न स्थान र पर्वको सुन्दर फोटो प्रदर्शनीमा राखिएक छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।