बारा– अवैध घरेलु मदिरा व्यापारमा प्रयोग भएको हेटाैंडा दुग्ध विकास आयोजनाको गाडी सहित ३ जनालाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ।
_x000D_
_x000D_
सवारी साधन चेकजाँच गर्ने क्रममा सिमरा उपमहानगरपालिका ७ बाट ना ३ ख ११७८ नम्बरको गाडीसहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो।
_x000D_
_x000D_
मकवानपुरको हेटाैंडा उपमहानगरपालिका ९ का राम लामा, प्रेम अधिकारी, पर्साको विरगञ्ज महानगरपालिका २ का मुमताज अन्सारीलाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय जितपुरले जनाएको छ।
_x000D_
_x000D_
अमलेखगञ्जाट छुटेको उक्त गाडीमा करीब ३ सय लिटर अवैध घरेलु मदिरा बरामद भएको प्रहरीले जनाएको छ।
_x000D_
_x000D_
नियन्त्रणमा लिइएको गाडी र मदिरा सहित तिनै जनालाई आवश्यक कारबाहीको लागि आन्तरिक राजस्व कार्यालय सिमरा, बारामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी रन्जितसिंह राठौरले जानकारी दिए।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।