डोटी– निर्माण कम्पनीले तोकिएको समयमा काम नगर्दा दिपायल विमानस्थलको कालोपत्रे गर्ने काम अलपत्र छ।
_x000D_
_x000D_
समयमा काम नसकिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले अवधि थप्ने/नथप्ने निर्णय नगर्दा पनि निर्माण अवरुद्ध भएको हो।
_x000D_
_x000D_
कालोपत्रेको निर्माण नसकिँदा र म्याद पनि थप नहुँदा निर्माण कम्पनीले काम अघि नबढाएको नेपाल नागरिक उड्डयन प्राधिकरणका इञ्जिनीयर नलविक्रम थापाले बताए।
_x000D_
_x000D_
यी विमानस्थलमा रनवे कालोपत्रेलगायतका काम गर्न बाँकी छ। तोकिएको समयमा काम नसकिँदा अधुरै रहेको डोटीको दिपायल विमानस्थलको निर्माणको काम पनि अलपत्र अवस्थामा परेको छ।
_x000D_
_x000D_
काम सञ्चालन नहुँदा महिनादेखि निर्माणको काम ठप्प रहेको विमानस्थल निर्माण हेरिरहेका इञ्जिनियर बालकृष्ण रेग्मीले बताए। काम सुरु गरेपछि मात्रै म्याद थपेर अन्तिम पटकका लागि मौका दिने मनसायमा प्राधिकरण पुगेको रेग्मीले बताए।
_x000D_
_x000D_
यस्तै बैतडीको पाटन विमानस्थलको काम पनि लामो समयदेखि अलपत्र छ। अछामको साँफे विमानस्थल गएको जेठमै निर्माण सम्पन्न भई परीक्षण उडान गरिँदासमेत दिपायल तथा पाटन विमानस्थलको काममा ढिलाइ हुँदा निर्माणको काम अलपत्र परेको हो।
_x000D_
_x000D_
पाटन विमानस्थलको गत असारमा समय सकिँदा पनि निर्माण कम्पनीलाई म्याद थपिएको छैन भने दिपायल विमानस्थलमा ६ महिनाको म्याद थपिए पनि सो समयमा पनि काम नसकिएपछि म्याद थपको माग भएकोमा म्याद नथपिएको बताइएको छ।
_x000D_
_x000D_
डोटीको दिपायल विमानस्थलको काम सेर्पाग्याल्भा कम्पनीले लिएको छ।
_x000D_
_x000D_
सुदूरपश्चिम प्रदेशको दोस्रो ठूलो डोटीको दिपायल र बैतडीको पाटन विमानस्थल कालोपत्रेको काम निर्धारित समयमा नसकिएपछि अहिले निर्माणको काम अलपत्र छ।
_x000D_
_x000D_
गत असारमा सक्ने लक्ष्यसहित निर्माण सुरु गरिएको दिपायल विमानस्थलको कालोपत्रे गर्ने कार्य नसकिएपछि म्याद थपका लागि निवेदन दिइएको छ।
_x000D_
_x000D_
डोटीको दिपायल विमानस्थलमा करीब ५ करोड ५० लाख र बैतडीमा झण्डै ११ करोडको लागतमा विमानस्थल कालोपत्रेको काम सुरु गरिएको थियो। रासस
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।