कैलाली– कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर ४ मा शुक्रबार बिहान ट्रकको ठक्करबाट एक जनाको घटना स्थलमै मृत्यु भएको छ।
_x000D_
_x000D_
से४ प ७३७० नम्बरको मोटरसाइकल र सेट प ७०४१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा भुँइमा लडेका से ४ प ७३७० नम्बरका मोटरसाइकल चालक भागीराम चौधरीलाई पूर्वबाट पश्चिम जाँदै गरेको ना ४ ख १२४७ नम्बरको ट्रकले कुल्चिँदा चौधरीको घटनास्थलमै मृत्यु भएको हो।
_x000D_
_x000D_
अर्का मोटरसाइकल चालक लम्की चुहा ४ का विनोद विश्वकर्माको दुर्घटनामा परि घाइते भएका छन्।
_x000D_
_x000D_
उनको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको छ। चौधरीलाई कुल्चेर फरार रहेको ट्रक र चालकलाई मसुरियाबाट प्रक्राउ गरिएको ट्राफिक प्रहरी कार्यालय लम्कीमा प्रमुख नवराज शाहीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।