दाङ– दाङको बबई गाउँपालिकामा आमाछोरी मृत भेटिएका छन्।
_x000D_
_x000D_
बबई गाउँपालिका वडा नं. ४ हसनापुरकी २४ वर्षीया सरस्वती पुन मगर र उनकी तीन वर्षीया छोरी कृतिका पुन मगर मृत फेला परेको ईलाका प्रहरी कार्यालय खिलतपुरले जानकारी दिएको छ।
_x000D_
_x000D_
आमाको झुण्डिएको अवस्था र छोरीको नजिकै खोल्सामा शव फेला परेको प्रहरीले जनाएको छ।
_x000D_
_x000D_
स्थानीय सितलगौरा सामुदायिक वनमा बिहीबार बेलुका मृत फेला परेको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिए।
_x000D_
_x000D_
स्थानीय एक व्यक्तिले बिहीबार साँझ ५ बजेतिर शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
_x000D_
_x000D_
शव सड्ने अवस्थामा रहेकाले ४/५ दिन अगाडि नै मृत्यु भएको हुन सक्ने प्रहरी निरीक्षक चौधरीले बताए। आफन्तले भने हत्या भएको हुन सक्ने भन्दै शव उठाउन नमानेको प्रहरीले बताएको छ।
_x000D_
_x000D_
आमाछोरी असोज १३ गते शनिबार माईतिघर रोल्पा जान भनी हिँडेको तर लामो समय सम्म पनि सम्पर्कमा नआएको आफन्तले बताएका छन्।
_x000D_
_x000D_
छोरीको शव खोल्सामा खसको थियो भने आमाको शव भीरमै पासो लागेको अवस्थामा अड्डिएको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।