काठमाडौं- चिनी तथा अन्य दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धिको विषयमा अध्ययन गर्न सार्वजनिक लेखा समितिले ५ सदस्यीय उपसमिति गठन गरेको छ।
_x000D_
_x000D_
समितिले लेखराज भट्टको नेतृत्वमा उपसमिति गठन गरेको छ। समितिमा सांसद प्रेम आले, चन्दा चौधरी, पार्वती डिसी चौधरी र प्रदीप यादव सदस्य रहेका छन्।
_x000D_
_x000D_
उपसमितिलाई एक साताभित्र दैनिक उपभोग्य वस्तु लगायत चिनीको मूल्य वृद्धिको विषयमा अध्ययन गरेर प्रतिवेदन समितिमा पेस गर्ने निर्देशन भएको छ। उपसमितिलाई सरकारले चिनी आयात बन्द गर्दै सिन्डिकेट गरेको र व्यवासायीले कृत्रिम बजार अभाव देखाउँदै मुल्य वृद्धि गरेको विषयमा समेत गहन अध्ययन गर्ने अधिकार दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।