सिरहा– मिर्चैया नगरपालिकाले कर वृद्धि गरेको विरोधमा विगत एक महिनादेखि जारी आन्दोलन फिर्ता भएको छ।
_x000D_
_x000D_
नगरपालिका र आन्दोलनरत सर्वपक्षीय संयुक्त संघर्ष समितिबीच बुधबार साँझ दुई बुँदे सहमतिपश्चात आन्दोलनका कार्यक्रम फिर्ता भएको हो।
_x000D_
_x000D_
आन्दोलनरत पक्षका सम्पूर्ण मागमा नगरपालिकाले छलफल गरी कर, राजश्व, शुल्क तथा दस्तुरको सम्बन्धमा संशोधित विषयवस्तुको कार्यान्वयन गराउन नगरसभाबाट अनुमोदन गराई मंसिर ५ गतेभित्र कार्यान्वयन गरिने सहमति भएको वार्ता समितिका संयोजक अशोककुमार साहले जानकारी दिए।
_x000D_
_x000D_
सहमतिपत्रमा नगरपालिकाका प्रमुख श्रवणकुमार यादव र आन्दोलनरतका तर्फबाट वार्ता समिति संयोजक साहले हस्ताक्षर गरेका छन्। गत साउन २९ गते कर वृद्धि फिर्तालगायत विभिन्न आठ बुँदे माग राख्दै आन्दोलन हुँदै आएको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।