इनरुवा– सुनसरीकाे कोशी गाउँपालिका–८ बाट नक्कली बिल बनाइ राजश्व छली गर्ने दुई जनालाई पक्राउ गरिएको छ।
_x000D_
_x000D_
को१च ५०४ नं को बोलेरोमा नक्कली बिल बनाइ मदिरा लिएर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेका रामधुनी नगरपालिका–५ झुम्काका काशीराम चौधरी र अनिलकुमार चौधरीलाई बुधबार पक्राउ गरी राजश्व अनुसन्धान कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्र फुँयालले जानकारी दिए।
_x000D_
_x000D_
उक्त गाडीमा उमङ्ग, गोर्खा बियर, रुसलान भोट्कासहित १५ प्रकारका मदिरा थिए। रासस
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।