धनगढी– कैलालीको गोदावरी नगरपालिका–१२ को जनप्रभात माविमा प्रधानाध्यापकलाई कार्यकक्षमा थुनेर गालीगलौज गरेको आरोपमा सोही विद्यालयमा एक शिक्षकलाई पक्राउ गरिएको छ।
_x000D_
_x000D_
जिल्ला प्रहरी कार्यालयको एक टोलीले बुधबार बिहान सोही विद्यालयका शिक्षक खगेन्द्रकुमार भण्डारीलाई गोदावरी–४, बाासकोटास्थित उनकै घरबाट पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले भण्डारीले आफैंले अध्यापन गर्ने विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर नेपालीलाई विद्यायलको कार्यालयमा थुनेर जातीय विभेद हुनेगरी गालीगलौज गरेको उजुरी परेपछि पक्राउ गरिएको जानकारी दिए।
_x000D_
_x000D_
आफूलाई शिक्षक भण्डारीले आइतबार दिउँसो कार्यालयमा थुनेर गालीगलौज गरेको प्रधानाध्यापक नेपालीले बताए। घटनाको बारेमा विद्यालयमा मंगलबार पनि छलफल भएको थियो। छलफलमा कुरा मिल्न नसकेपछि शिक्षक भण्डारीविरुद्ध प्रधानाध्यापक नेपालीले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए।
_x000D_
_x000D_
जिल्ला प्रहरी प्रमुख घिमिरेले शिक्षक भण्डारीविरुद्ध जातीय विभेद र शरिर बन्धक बनाएको अभियोगमा मुद्दा चलाएको बताए। उनले जातीय विभेद अन्तर्गतको कसुर र फौजदारी कसुर अनुसार सजाय हुने बताए।
_x000D_
_x000D_
सो विद्यालयका शिक्षकहरुले यस चौमासिकको तलब पाएका थिएनन्। शिक्षक भण्डारीले तलब माग्दै आफूलाई गाली गरेको प्रधानाध्यापक नेपालीले बताए। उनले गोदावरी नगरपालिकाले गत बिहीबार मात्रै शिक्षक कर्मचारीहरुको तलबका लागि विद्यालयको खातामा रकम जम्मा गरिदिएको थियो।
_x000D_
_x000D_
प्रधानाध्यापक नेपाली शिक्षा सेवा आयोग परीक्षाका लागि बिदामा थिए। उनी आइतबार मात्रै विद्यालयमा हाजिर भएका थिए। ‘बुझेर तुरुन्त तलब पठाउन लगाउँछु भनेको थिएँ,’ प्रधानाध्यापक नेपालीले भने, ‘तर, भण्डारीले तलब नगदमै चाहियो भनेर आक्रमण गर्न खोजे। म अफिसमै थिएँ। उनले ताला लगाएर चाबी लिएर घर गए।’
_x000D_
_x000D_
नेपालीले फोन गरेर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर बोगटी र वडा अध्यक्षलाई बोलाएपछि आफू २ घण्टापछि मात्रै तालामुक्त भएको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।