पोखरा– गण्डकी प्रदेशले सार्वजनिक गरेको लोगोविरुद्ध उजुरी परेको छ।
_x000D_
_x000D_
आफूले तयार पारेको लोगोसँग हुबहु मिलेको भन्दै पोखरा–१७ का महेन्द्र उपाध्यायले छानबिन गर्न माग गर्दै बुधबार प्रदेशसभामा उजुरी दिएका हुन्।
_x000D_
_x000D_
प्रदेशसभाले २ दिनअघि लोगो सार्वजनिक गरेको थियो।
_x000D_
_x000D_
उपाध्याय गण्डकी प्रदेशले आह्वान गरेको लोगो प्रतियोगिताका एक प्रतियोगी हुन्। आफूले बनाएका २ वटै लोगोसँग प्रदेशको लोगो मिलेको उनको दाबी छ।
_x000D_
_x000D_
गण्डकी प्रदेशको लोगो गोरखाका विनीत रानामगरले बनाएका हुन्। उनी प्रदेशसभा सचिवालयका कर्मचारीसमेत हुन्। सचिवालयमै कार्यरत कर्मचारीले अरुको लोगोमा सामान्य हेरफेर गरेर सार्वजनिक गरेकोमा आफूलाई दु:ख लागेको उपाध्यायले बताए।
_x000D_
_x000D_
‘प्रदेशसँगको मेरो सम्मान र लगावलाई अन्य कसैले प्रयोग गरेर मेरो परिश्रमको अवमूल्यन हुन पुगेको छ,’ निवेदनमा उपाध्यायले भनेका छन, ‘आवश्यक कागजात र जवाफहरुका लागि जुनसुकै समयमा पनि उपस्थित हुन तयार छु।’
_x000D_
_x000D_

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।