काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमा संलग्न जोकोहीलाई कारबाहीको दायरामा ल्याउने प्रतिवद्धता जनाएको छ।
_x000D_
_x000D_
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेले भ्रष्टाचारमा संलग्न जोकोहीलाई कारबाहीको दायरामा ल्याउन आयोग प्रतिवद्ध रहेको बताएका हुन्।
_x000D_
_x000D_
बुधबार प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले राखेका प्रश्नको जवाफ दिँदै उनले नेपाल आयल निगमको जग्गा खरिद सम्बन्धी भ्रष्टाचारको मुद्दामा आयोगले गम्भीर अनुसन्धान गरिरहेको पनि स्पष्ट पारे। उनले ‘वाइड बडी’ विमान खरिदका सम्बन्धमा आयोगले छानबिन सुरु गरेको पनि समितिलाई जानकारी गराए।
_x000D_
_x000D_
प्रमुख आयुक्त घिमिरेले संविधानको दायरा भित्र रहेर भ्रष्टाचारको छानबिन गर्न आयोग प्रतिवद्ध रहेको पनि बताए।
_x000D_
_x000D_
आयोगले अनियमित काम नगर्न स्थानीय तहलाई पनि सचेत गराएको छ। प्रमुख आयुक्त घिमिरेले अनियमित काम गर्ने निकायलाई अनुसन्धान गर्ने आयोगको अधिकार कटौती भएको उल्लेख गर्दै त्यसको तत्काल व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउन पनि समितिलाई आग्रह गरे।
_x000D_
_x000D_
बैठकमा समितिका सदस्यहरुले आयोगको काम कारबाही पारदर्शी र इमानदार नदेखिएको उल्लेख गर्दै असन्तुष्टि व्यक्त गरेका थिए। समितिका सदस्य अमरेशकुमार सिंहले आयल निगमको जग्गा खरिदमा भ्रष्टाचार गर्नेलाई किन कारबाही नगरेको भनि प्रश्न गरेका थिए।
_x000D_
_x000D_
समितिका अर्का सदस्य जनार्दन शर्माले स्वतन्त्रातापूर्वक अनुसन्धानको काम अघि बढाउन नसकेको भन्दै आयोगको आलोचना गरे। उनले आयोगले राजनीतिक प्रभावमा परेर भ्रष्टाचारमा संलग्नहरुलाई कारबाही गर्न नसकेको दाबी पनि गरे।
_x000D_
_x000D_
समितिका सदस्यहरुले सरकारी निकायहरुमा हुने भ्रष्टाचारमाथि कडा निगरानी राख्न पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त घिमिरेको ध्यानाकर्षण गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।