बझाङ- नेपाल प्रेस युनियन बझाङ शाखाको चौथो जिल्ला अधिवेशनले अध्यक्षमा रमानन्द जोशीलाई सर्वसम्मत चयन गरेको छ। युनियनको दुई दिनसम्मको छलफल र परामर्शपछि जोशीलाई नेतृत्व दिइएको हो।
_x000D_
_x000D_
अध्यक्षका दाबेदार जोशी र ललित सिंहबीच सहमति नभएपछि नेपाली कांग्रेसका पार्टी सभापतिसहित भएको छलफलले निवर्तमान सचिवसमेत रहेका जोशीलाई चयन गर्ने निर्णय गरेको हो।
_x000D_
_x000D_
१५ सदस्यीय कार्यसमिति रहेको युनियनको शाखा उपाध्यक्ष खुल्लामा अशोक खड्का, महिला उपाध्यक्षमा पार्वती ऐडी, सचिवमा दिनेस साउद, कोषाध्यक्षमा बिना रोकाया चयन भएका छन्।
_x000D_
_x000D_
केन्द्रीय पार्षद्मा जगदीश रोकाया, शैलेन्द्र रोकाया, निरनराम जोशी, शिवराज उपाध्याय, यज्ञराज उपाध्याय, नरेन्द्र खाती, सीता खड्का लगायत १२ जना छानिए।
_x000D_
_x000D_
प्रदेश पार्षदका लागि जगत खड्का, दीपक भण्डारी, डिबी बिष्ट, प्रदीप मलासी, उमेश जेठारा लगायत १९ जना छनोट भएको अध्यक्ष जोशीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।