राजविराज- सप्तरीमा एकै दिन ७० वर्षीया वृद्धा र १४ वर्षीया बालिका बलात्कारमा परेका छन्। सन्तानसुखको कामना गर्दै तराईबासी अधिकांश महिलाले जितिया पर्व मनाईरहेका बेला गत मंगलबार खडक नगरपालिका ८ की ७० वर्षीया वृद्धा र डाकनेश्वरी नगरपालिका–५, पातोकी १४ वर्षीया बालिका बलात्कारकोे शिकार भएका हुन्।
_x000D_
_x000D_
जितिया पर्वका अवसरमा घरका सबै सदस्य मन्दिर गएका बेला साँझ करीब ८ बजे स्थानीय ४० वर्षीय व्यक्तिले डर÷धम्की देखाएर वृद्धाको बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। वृद्धाको मेडिकल जाँच भईरहेको सप्तरीका डिएसपी भावेश रिमालले बताए।
_x000D_
_x000D_
सोही दिन साँझ करीब साढे ८ बजे डाकनेश्वरी ५, पातोकी १४ वर्षीया बालिका पनि बलात्कृत भएको उनले बताए। राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा उनको स्वास्थ्य परीक्षण गरिएको छ।
_x000D_
_x000D_
परिवारका सदस्य जितियाको रमझममा लागेका बेला स्थानीय १८ वर्षीय एक युवकले मुख थुनेर बालिकाको बलात्कार गरेको रिमालको भनाई छ। स्वास्थ्य परीक्षणमा पनि बालिका बलात्कृत भएको पुष्टि भएको उनले बताए।
_x000D_
_x000D_
दुवै घटनाका आरोपी फरार रहेकाले खोजी तीव्र पारिएको प्रहरीले जानकारी दिएको छ।
_x000D_
_x000D_
चालु आर्थिक वर्षको साउन र भदौमा मात्रै जिल्ला प्रहरी कार्यालय सप्तरीमा बलात्कारका ८ र बलात्कार उद्योगका ५ वटा मुद्दा दर्ता भइसकेका छन्।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।