काठमाडौं– पतन्जली योगपिठ नेपालले नेपालमा आयुर्वेद तथा योगसम्बन्धी विश्वविद्यालय स्थापना गर्ने भएको छ।
_x000D_
_x000D_
पतन्जली योगपिठ नेपालका अध्यक्ष एवम् प्रबन्ध निर्देशक आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले नेपालमा आयुर्वेद तथा योगसम्बन्धी विश्वविद्यालय स्थापना गर्न लागिएको जानकारी गराए।
_x000D_
_x000D_
बुधबार मन्डिखटारस्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी उनले नेपालमा आयुर्वेद तथा योगसम्बन्धी अध्ययन, अनुसन्धानका लागि विश्वविद्यालय स्थापना गर्न सम्बन्धित मन्त्रालयसँग छलफल भइसकेको पनि स्पष्ट पारे। त्यसैगरी, कम्पनीले खेलप्रति इच्छुक बालबालिकाका लागि खेलकुद विद्यालय स्थापना गर्ने घोषणा पनि गरेको छ।
_x000D_
_x000D_
नेपाली मूलका आचार्य बालकृष्णले पतन्जली योगपिठले नेपाललाई आयुर्वेद र योगको माध्यमबाट समृद्ध र स्वच्छ बनाउन चाहेको पनि जिकिर गरे। उनले नेपालको हित प्रतिकूल आफूहरुले केही पनि सोच्न नसक्ने पनि स्पष्ट पारे।
_x000D_
_x000D_
अध्यक्ष बालकृष्णले नेपालमा जडिबुटीको खेती गरेर नेपालीलाई नै रोजगारीको अवसर सृजना गर्न आफूहरु केन्द्रित रहेको दाबी गरे।
_x000D_
_x000D_
चर्चित योगगुरु रामेदवको स्वामित्व रहेको पतन्जली योगपिठको नेपालस्थित कम्पनी आचार्य बालकृष्णको नेतृत्वमा सञ्चालित छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।