पोखरा– बलात्कारपश्चात हत्या गरिएकी पोखरा–२२ कि १० वर्षीय श्रीया सुनारको शव आफन्तले बुधबार बुझ्ने भएका छन्। हत्या भएको ९ दिनपछि परिवारले उनको शव बुझेर दाहसंस्कार गर्ने भएका हुन्। उनको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ।
_x000D_
_x000D_
श्रीयाको हत्यारा पत्ता लागिसकेको र अपराध पनि स्वीकार गरिसकेको हुनाले आफूहरु शव बुझ्न तयार भएको सानीमा गंगा विकले जानकारी दिइन्। ‘शव बुझेर रामघाटमा दाहसंस्कार गर्ने तयारीमा छौं,’ उनले भनिन्।
_x000D_
_x000D_
असोज ८ गते बिस्कुट किन्न पसल गएकी श्रीया ९ गते मृतावस्थामा फेला परेकी थिइन्। उनको हत्याको आरोपमा छिमकी कुसुम पौडेललाई प्रहरीले पक्राउ गरिसकेको छ।
_x000D_
_x000D_
पौडेललाइ जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दामा म्याद थप गरि अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।
_x000D_
_x000D_
पौडेलले सरकारी वकिल समक्ष पनि अपराध स्वीकार गरिसकेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।