गाईघाट- उदयपुरको कटारी नगरपालिका–४ का एक १४ वर्षीय बालिकालाई सामूहिक बलात्कार गर्ने ५ जनालाई जिल्ला अदालतले मङ्गलबार १० वर्ष ६ महिना जेल सजायको फैसला गरेको छ।
_x000D_
_x000D_
जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजालासले बालिका बलात्कार गर्ने पाँचै जनालाई जेल सजायसँगै रु दुई लाख क्षतिपूर्ति भराउने फैसला गरेको हो । दण्ड सजाय पाउने चारै जनाको उमेर १५ वर्षदेखि १८ वर्ष रहेको छ । जिल्ला अदालतका नायब सुब्बा कमला निरौला १६ वर्ष नपुगेका एक जनालाई तत्काल सुधारगृहमा पठाउने तथा १६ वर्ष माथिकालाई कारागार पठाउने तयारी भइरहेको छ । पन्ध्र वर्षीय अभियुक्तलाई भने सात वर्ष जेल सजायको फैसला भएको हो ।
_x000D_
_x000D_
२०७४ भदौ १६ गते पाँचै जनाले कटारीको खेलकूद मैदानमा १४ वर्षीया बालिकालाई बलात्कार गरेका थिए । बालिकाको अभिभावकको उजुरीको आधारमा गत भदौ १७ गते चार जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय कटारीले बलात्कारसमबन्धी मुद्दा दर्ता गरेको थियो । एक जना अझै फरार रहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।