म्याग्दी– मङ्गला गाउँपालिका–५ नेटाका मिर्गौला पीडित सुरेश छन्त्यालको उपचारका लागि प्रवासमा रहेका नेपालीले ३ लाख ४४ हजार सहयोग गरेका छन्।
_x000D_
_x000D_
दुवै मिर्गौलाले काम गर्न छाडेपछि थलिएका १९ वर्षीय छन्त्यालको उपचारका लागि ओमकुमारी शान्ति कोषले सञ्चालन गरेको ‘सुरेश बचाउ अभियान’ अन्तर्गत सो रकम संकलन गरिएको हो।
_x000D_
_x000D_
विभिन्न देशबाट संकलन गरेर पठाइएको रकम कोषका अध्यक्ष राजेश शाक्य र सुरेशका आमा सीतालाई हस्तान्तरण गरिएको अभियानका समन्वयकर्ता लालकुमार रोकाले बताए।
_x000D_
_x000D_
गैरआवासीय नेपाली संघ (एनआरएन) आयरल्याण्डका कोषाध्यक्ष जङ्ग अधिकारी र सदस्य बल क्षेत्रीको पहलमा १ लाख ५६ हजार, हाल मलेसियामा रहेका मङ्गला–४ झाँक्रेपानीका टङ्क छन्त्यालको पहलमा ८४ हजार तथा टर्कीमा रहेका मङ्गला–५ सिरकुमका कमल बुढाथोकीको पहलमा २९ हजार सहयोग जुटेको हो।
_x000D_
_x000D_
सुरेशको मिर्गौला प्रत्यारोपणका लागि कोषले २०७५ भदौ ५ गतेदेखि सुरु गरेको अभियानमार्फत हालसम्म २० लाख संकलन भएको छ।
_x000D_
_x000D_
उनको काठमाडौंस्थित अल्का अस्पतालमा उपचार भइरहेको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।