कञ्चनपुर– माटोको ढिस्कोले पुरिएर मंगलबार शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका ९ वर्षीया जानकी बिष्टको मृत्यु भएको छ।
_x000D_
_x000D_
चाडपर्वका लागि घर लिपपोत गर्न माटो लिन गएकी बिष्टको माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको हो।
_x000D_
_x000D_
ढिस्कोले पुरिएकी उनको तत्कालै स्थानीय बासिन्दाले उद्धार गरी उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।